• रमेश समदर्शी

    शनिश्चरे, चैत ११ । दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका दानाबारीका प्रेमबहादुर राईकी श्रीमती सरिता राईले छुट्न सक्ने बताएकी छन् ।

    कम्पनीको माग दाबीअनुसार रकम बुझाउन नसक्दा प्रेम जेलमा छन् । तर, सहयोगी हातहरुबाट प्रेम बचाउन अभियान सञ्चालन भइरहँदा सरिताले आफा श्रीमान स्वदेश फर्कने आशा व्यक्त गरेकी हुन् । उनले भनिन्, ‘अहिले चैँ उहाँ आउनुहुन्छ भन्ने आशा पलाएको छ ।’

    उनका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका माई नगरपालिका-४ दानाबारी इलामका प्रेमलाई रोजगार कम्पनी अलस्लाभीको आदेशमा साउदी प्रहरीले हिरासतमा राखेका छन् । ड्राइभर भिसामा गएका उनले चलाउँदै आएको लरी बीच बाटैबाट चोरी भएको थियो ।

    सामान ढुवानी गरेर बीच बाटोमा विश्राम गर्ने क्रममा सिसा फाएर उनको लरी चोरिएको थियो । उनले तत्कालै प्रहरी र कम्पनीमा खबर गरेका थिए । लरी त फेला र्पयो तर सामान नभेटिएपछि कम्पनीले सामान चोरीको आरोपमा उनी फउ परेका थिए ।

    ‘चोरी आरोपमा पक्राउ परेपछि उहाँले सजाय भोगिसक्नुभएको थियो’, श्रीमती सरिताले भनिन्, ‘सजाय सकेपछि घर फर्किन लाग्दा फेरि एयरपोर्टबाटै उहाँलाई पक्राउ गरेको हो ।’ उनका अनुसार चोरी आरोपमा प्रेमले दुई महिना जेल सजाय र ५० कोर्रा सजाय व्यहोरेका थिए । तर, कम्पनीले आफ्नो ३ लाख १० हजार रियालको सामानको हर्जाना लिएरै छाड्ने पुन: उजुरी गरेपछि प्रेम अहिलेसम्म साउदी जेलमै छन् ।

    ३ लाख १० हजारबराबरको ९५ लाख रुपैयाँ बुझाउन नसक्दा प्रेम साउदी जेलमा कष्टकर जीवन बिताइरहेको सरिताले सुनाइन् । प्रेमको जीवन रक्षाका लागि नेपाल र विदेशमा अभियान चलिरहेको छ । तर, भनेजति रकम जोहो गर्न नसक्दा उनी अहिलेसम्म नेपाल फिरेका छैनन् ।अहिलेसम्म पचास लाखजति संकलन भइसकेको उनले जानकारी दिइन् ।

    उनले भनिन्, ‘खातामा त १७ लाख जम्मा भएको छ तर सबैतिर अभियान चलिरहेकाले अब ४० लाख जति आवश्यक छ ।’ अब प्रेम छिट्टै घर फर्किन्छन् भन्ने धेरै आशा पलाएको उनको विश्वास छ ।

    एक छोरी र एक छोरा छन् उनीहरुका । प्रेम तीन वर्ष साउदी बसेर पछिल्लोपटक चार महिनाको बिदामा आएका थिए । ‘डेढ वर्षका छोराले त बुवाको अनुहार पनि देखेको छैन’, अनुहार मनिलो बनाउँदै सरिताले भनिन् ।

    देश/विदेशमा अभियान चलिरहेकै बेला झापा खुदुनाबारीमा पनि प्रेम राई बचाउ अभियान सुरु भएको छ । पूर्वसांसद प्रेम गिरीको पहलमा सुरु अभियानको पहिलो दिन नै करिब ६० हजार रुपैयाँ संकलन भएको स्थानीय अभियन्ता खगेन्द्र लिङ्देनले जानकारी दिए । अभियान सम्पन्न गर्नका लागि सुमन्ता राईको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ । संयोजक राईले खुदुनाबारीबासीका तर्फबाट सहयोग जुटाउन अभियान सञ्चालन गर्नु परेको बताएकी छन् ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…