• २९ भदौ,काठमाडौं ।

    प्रमुख विपक्षी नेकपा एमालेले सप्तरीमा आफ्ना उम्मेदवार र नेता कार्यकर्तामाथि सत्तापक्षले भौतिक आक्रमण गर्न थालेको आरोप लगाएको छ ।

    एमाले केन्द्रीय कार्यालयले बिहीवार जारी गरेको प्रेस नोटमा सप्तकोशी नगरपालिका-४ की महिला सदस्य उम्मेदवार कुमारीदेवी सदामाथि कुटपित भएको भन्दै कार्वाहीको माग गरिएको छ ।

    सदामाथि कुटपिट गर्ने रोशन लेखी,नशिव लेखी लगायतलाई प्रहरीले पक्राउ गरे पनि उनीहरुलाई छाड्न सत्ताधारी नेताहरुले दबाब दिएको आरोप एमालेेको छ ।

    केन्द्रीय प्रचार बिभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति जारी गरी सत्तापक्षबाट आफ्ना कार्यकर्ता असुरक्षित भएको बताएका छन् ।

    विज्ञप्तिमा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलको गाडी रोकेर हुलहुज्जत गरिएको र वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीमाथि सांघातिक आक्रमण गरिएको उल्लेख छ ।

    एमालेले सत्तापक्षले सत्ताको आडमा गुण्डागर्दी थालेको भन्दै सुरक्षा माग गरेको हो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…