• २९ भदौ, सप्तरी ।

    बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको दौडाहा अहिले सप्तरीमा भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य दलका अध्यक्षका साथै शीर्ष नेताहरु सप्तरी आएर आ-आफ्नो दलका लागि मत मागिरहेका छन् ।

    नेताहरुको भिडमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि थपिएका छन् । उनले पनि अन्य नेताजस्तै भाषण र चुनावी प्रचार-प्रसारमा व्यस्त भए । तर, उनले एउटा अर्काे काम पनि गरे, ‘मधेसी नेताको शालिकमा माल्र्यापण ।’पछिल्लो पटक प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरु जिल्ला आएर चुनावी प्रचार-प्रसार गरेका छन् । उनीहरु आफ्नो अनुकुल प्रचार प्रसार गरेका छन् ।

    राजविराजको गजेन्द्र चोकमा रहेको सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्र्यापण गरेका नेता भट्टराईले मुलुकमा एकले अर्काको अस्तित्व स्वीकार नगरेसम्म नयाँ मुलुक बन्न नसक्ने बताए ।

    ‘नेपालमा दुई थरी अतिवादी सोच रहेको छ’ उनले भने, ‘एकले मधेसलाई देश नै नठान्ने र अर्कोले मधेसलाई अर्को देश ठान्ने सोच अहिले हाबी भएको छ ।’

    दुवै अतिवादी सोच रहेको बताउँदै उनले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवं क्षेत्रीय विविधतायुक्त देश भएकोले जातीय रुपमा तीन मुख्य क्लस्टरको प्रतिनिधित्व गर्ने समुदाय र महिला, दलित, मुस्लिम तथा अल्पसंख्यकहरुलाई विशेष अधिकार दिएर सबैलाई बराबरी बनाउनु अहिलेको आवश्यक्ता भएको बताए । उनले यो बराबरीमा ल्याउने काम नयाँ शक्तिले गर्ने दावी गरे ।

    नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याहरुको हल गरी हिमाल, पहाड, तराई, मधेसलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको बताउँदै नेता भट्टराईले देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।

    ‘अब हामी मधेसवादी र पहाडवादी भएर हुँदैन’ उनले भने, ‘अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवर्द्धन जरुरी छ ।’

    प्रदेशको आयोगेको मोडेल अनुसार सीमांकन

    नयाँ शक्तिका संयोजक डा. भट्टराईले मधेशको मुद्दा हल गर्नका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशहरुको सीमांकन समेत गरिनुपर्ने बताएका छन् । उनले मधेसको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

    नयाँ शक्ति पार्टी सप्तरीले बिहीबार बिहान राजविराज नगरपालिकाको वडा नम्बर ७ मा पैदलयात्रासहित गरेको घरदैलो कार्यक्रममा समेत भट्टराईले सहभागिता जनाएका थिए । नयाँ शक्तिले राजविराज नगरपालिको मेयर पदमा मिना ठाकुर र उपमेयर पदमा अनन्न लाल साहलाई उम्मेदबार बनाएको छ ।


     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…