• पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपाल उत्तर कोरियाको भ्रमणमा निस्किसकेका छन । विश्व महाशक्ति अमेरिकासँग युद्धको तयारीमा रहेको उत्तर कोरिया भ्रमणमा निस्केका नेपालले त्यहाँका शासक किम जोङ उनलाई भेट्ने प्रस्ताव कुटनीतिक नियोगमार्फत राखेका छन् । उत्तर कोरियाली नियोगहरूले नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका एकजना प्रभावशाली नेता नेपाल र किमको भेटको चाँजो मिलाइरहेका छन् ।

    कोरियाली प्रायद्वीपमा नेपाल शान्तिको पक्षमा रहने सन्देश बोकेका उनले एमालेका तर्फबाट पनि यहि सन्देश किमलाई दिन चाहेका छन् । अमेरिका, संयुक्त राष्ट्र संघले प्रतिबन्ध गरिरहेको उत्तर कोरियामा नेपालको भ्रमणलाई अर्थपूर्ण रूपमा व्याख्या गरिनेछ । उनी एक साता लामो भ्रमणका लागि उत्तर कोरिया जान लागेका हुन् तर परराष्ट्र मन्त्रालयले त्यहाँ नजान नेपाललाई सुझाव दिएको छ । किमसँगको भेटका विषयमा आधिकारीक जानकारी आएको छैन तर उनका डेपुटीसँग भने नेपालले भेट गर्नेछन् ।

    २४ वर्षअघि किम जोङका हजुरबुवा किम इल सुङसँग नेपालको भेट भएको थियो । उनले उत्तर कोरिया पुगी शान्तिको पहल गर्ने बताएका छन् । आफ्नो उत्तर कोरिया भ्रमणलाई लिएर अमेरिका, जापान र दक्षिण कोरियाले अशन्तुष्टि जनाएको जानकारी नपाएको नेता नेपालले बताए ।

    इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पिकेटु नामक कार्यक्रममा सहभागी हुन नेपालको नेतृत्वमा सांसदहरूको टोली उत्तर कोरिया जान लागेको हो । टोलीमा माओवादीका हरिबोल गजुरेल, फोरम लोकतान्त्रिककी छाया शर्मा, परिवार दलका एकनाथ ढकाल लगायतका सांसद छन् ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…