• अबुधाबी/  कतारको युद्धक विमान र युएईको यात्रुबाहक विमान फेरि आमने-सामने भएका छन्। यात्रु सहित युएईबाट उडेको बिमानलाई लक्षित गर्दै कतारले युद्धक विमान उडाएपछी खाडी मुलुक बिचको आपसी तनाव फेरि बल्झेको छ। 

    युएई र कतारी वायु सिमा क्षेत्र हुँदै आफ्नो गन्तव्य तर्फ उडिरहेको युएई ध्वजा बाहक बिमानलाई बाधा गर्दै कतारले युद्धक विमान उडाएपछी मामला चर्केको हो।

    मंगलबार आकाशमा उडिरहेका बेला कतारी युद्धक विमान ठोक्काउँला झैं गरि अति नजिकबाट उडाउँदै आफुहरुको दुईवटा यात्रु बिमानलाई त्रसित बनाएको युएईले जनाएको छ। कतारले युएईको बिमानलाई लक्षित गर्दै युद्धक विमान उडाएको यो तेश्रो पटक हो। यस अघि पनि कतारले बहराइनको हवाई सिमा क्षेत्र हुँदै उडिरहेको युएईको यात्रु बिमानलाई बाधा गरेको थियो। मंगलबार पनि कतारी युद्धक विमान युएईको यात्रुबाहक बिमानको छेवैबाट डरलाग्दो गरि उडाईएको युएईका नागरिक उड्डयन बिभागका अध्यक्ष सुल्तान बिन साईद अल मन्सुरीले जानकारी दिएका छन्।

    कतारले भने नयाँ घटनाबारे युएईको दावीलाई अस्वीकार गरेको छ। यस अघिको घटनामा भने युएईको विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न खोजेकाले त्यसलाई तर्काउन आफ्ना शैन्य बिमानले अबरोध गर्नुपरेको कतारले प्रतिकृया दिएको थियो।

    कतारले आतंकवादी संगठनलाई पक्षपोषण गरेको आरोप लगाउँदै गत बर्षको जुन महिनादेखी युएई लगायत साउदि अरबिया, बहराइन, यमन, लिबिया, ईजिप्ट र माल्दिभ्सले कतारसंगको सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दै उसमाथी नाकाबन्दी गर्दै आएका छन्।

    यस अघि कतारको हर्कत बिरुद्ध अन्तराष्ट्रीय नागरिक उड्डयन संगठनमा उजुरी गरेको र मंगलबारको घटना बिरुद्ध पनि उजुरी गरिने अध्यक्ष मन्सुरीले बताएका छन्।

    कतारले यस्तो अराजक हर्कत बढाएको भएपनी युएई उड्डयनले आफ्नो साविक हवाई रुट परिवर्तन नगरेको पनि अर्थमन्त्री समेत रहेका अल मन्सुरीले स्पष्ट पारेका छन्।

     

     

     

     

     

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…