• मार्च ४ मा बेलायती वैदेशिक जासुसी सेवामा कार्यरत रुसी डबल एजेन्ट सर्जेइ स्क्रीपल र उनकी छोरी युलिया सेलिसबरीको एक सपिङ सेन्टर बाहिरको एक बेन्चमा अचेत अवस्थामा भेटिए । एक सातापछि रुसबाट देशनिकाला भएका निकोलाइ ग्लुस्कोभ पनि लन्डनस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिए र उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान सुरु गर्यो ।

    १९९५ मा बेलायती एमआइ६ ले स्क्रीपललाई छनौट गरेको थियो र डिसेम्बर २००४ मा रुसमा पक्राय उर्नु अघि उनले रुसी जासुसहरुको गोपनियता भंग गरेका थिए । २०१० मा रिहा भएका उनलाई सेलिसबरीमा वसोवासका लागि अनुमति दिइएको थियो । थेरेसा मे को सरकारले स्क्रीपल र उनकी छोरीलाई मस्कोमा बनेको सैन्इ नर्भ एजेन्ट नोभिचोक नामक विष दिइएको बताइन् भने त्यसपछि २३ जना रुसी कुटनीतिज्ञलाई वर्खास्त गरिएको छ । जस्तालाई त्यस्तै भन्ने कदम चाल्दै क्रेम्लिनले पनि यस्तै संख्यामा बेलायती कुतनीतिज्ञहरुलाई वर्खास्त गरेको छ । इमानुएल म्याक्रोन र डोनाल्ड ट्रम्पले पनि थेरेसा मे लाई पुर्ण सहयोगको आस्वासन दिएका छन् भने सोभियत युनियनको विघटन र १९९१ डिसेम्बरमा समाप्त भएको शीतयुद्धपछि क्रेम्लिन र पश्चिमा शक्तिहरुको सम्बन्ध निकै चिसिएको छ ।

    यस परिस्थितिमा क्रेम्लिन आक्रशित देखिएपनि रुस र पश्चिमा शक्तिहरुवीचको नयाँ शीतयुद्धको खास कारण भने गत महिना सिरियाको दिएर अल जोर प्रान्तको घटनालाई लिन सकिन्छ । फेब्रुअरी ७ मा अमेरिकी बि ५२ बम बर्षक र अपाचे हेलिकप्टरले सिरियाली सरकारी सेना र सहयोगी बलहरुले देयर अल जोरमा आक्रमण गर्दा रुसी सुरक्षा कम्पनीका लागि कार्यरतरुसी सेनाका जवानहरुको मृत्यु भएको थियो । उक्त आक्रमणमा बाँचेकाहरुले त्यस घटनालाई एक नियोजित हत्याकाण्डको रुपमा व्याख्या गरे जसमा क्रेम्लिनले एकै दिनमा कैयौँ रुसी सैनिक गुमायो जुन २०१५ सेप्टेम्बरमा सिरियाली सरकारी सेनाको समर्थनपछिका दुइ वर्षमा गुमाएको थिएन । अमेरिकाले रुसी सेनामाथी आक्रमण गनुको प्रमुख कारण अमेरिकाको समर्थनमा रहेको र कर्दिसको नेतृत्वमा रहेको र कर्दिसहरुको बाहुल्यता भएको सिरियाली प्रजातान्त्रिक बलले उसको नियन्त्रणमा रहको युफ्रेट्स नदी आसपासको क्षेत्र देयर अल जोरको सैन्य परिषदलाई हस्तान्तरण गर्नु रहेको छ ।

    सिरियाली बलहरुले रुसको समर्थनको फाइदा उठाउँदै युफ्रेट्स नदी पार गर्दै दयर अल जोर क्षेत्रमा रहेको कर्दिस मातहतको तेल उत्पादन क्षेत्रलाई कब्जा गरे । यसै कारणले अमेरिकाले पुरै बल प्रयोग गर्दै प्रतिक्रिया दियो । उक्त आक्रमणमा कैयौँ रुसी नागरिकले पनि ज्यान गुमाए जसले नयाँ शीतयुद्धको सुरुवात गर्नमा आगोमा घिउको काम गर्यो । सिरियाको द्वन्दको बारेमा दोहोरो भुमिका खेलेको आरोप अमेरिकी सेन्ट्रल कमान्ड प्रमुख जनरल जोसेफ भोतेलले रुसमाथी लगाए । तर सत्य यो होइन , सिरियाली द्वन्दको प्रमुख योजनाकार अमेरिका हो जसले सुरुमा उकसाउने र पछि त्यसलाई शान्त पार्न खोजेको प्रष्ट देखिन्छ । सिरियाली युद्धको सुरुवाती तीन वर्ष २०११ देखि २०१४ सम्म अमेरिकाले पिद्रोहरुहरुलाई सरकारपिरुद्ध भड्काउने काम गर्यो र त्यसपछि उसले इस्लामिक स्टेटको नाममा तिनै विद्रोहीविरुद्ध युद्धको घोषणा गर्यो जसका कारण सिरिया गृहयुद्धमा धकेलियो र २०१४ को सुरुवातमा विद्रोहीरुहरुले इराकको मोसल र अन्बर कब्जा गरे ।

    २०११ अगस्त देखि २०१४ को सुरुवाती सिरियाली युद्धमा इस्लामिक स्टेटले इराकको मोसल र अन्वर कब्जा गरेसंगै पश्चिमा शक्ति , उनीहरुको मध्यपूर्वका सहयोगी र इरानी प्रतिवादीका विरोधी सिरियाली विद्रोहीका साथै उनीहरुका लेवनानी सरोगेट, हिज्बुल्लाहमा भित्रभित्रै अनौपचारिक गुटबन्दीका अनुसार सिरियाली विद्रोहीलाई तालिम दिनका साथै उनीहरुलाई सिरियाली सरकारसंगको युद्धका लागि टर्की र जोर्डनको सिमानामा रहेका तालिम केन्द्रहरुमा राखिएको थियो । अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले सिरियाली सरकारसंग युद्धमा रहेका विद्रोहीमाथी हवाइ कारवाही अघि बढाउनुभन्दा पहिले २०१४ अगस्त सम्म यस्तो गुटबन्दी निरन्तर चल्दै गयो र गुटबन्दीलाई त्याग गर्दै इस्लामिक स्टेटले २०११ डिसेम्बरमा अमेरिकी सेना रहेको इराकको मोसल र अन्वरमाथी कब्जा गर्यो । पश्चिमा शक्तिले सिरियाली नीतिमा परिवर्तन गर्नु र २०१५ सेप्टेम्बरमा रुसले सिरियाली सरकालाई समर्थन गर्नुले सिरियामा सुन्नी जिहादीहरुको तिब्रतामा बृद्धि गर्ने कार्य गर्यो र उनीहरुले पश्चिमा सहयोगीहरुले सुन्नी जिहादीहरुलाई धोका दिएको महसुस गरे ।

    यदि घटनाहरुको चत्र हेर्ने हो भने पछिल्ला तीन वर्ष युरोपमा भएका आतंकवादी हमला निकै गम्भिर छन् । २०१४ जुनमा इस्लामिक स्टेटले मोसल कब्जा गर्नु , २०१४ अगस्तमा ओबामा प्रशासनले इराक र सिरियामा इस्लामिक स्टेटलाई लक्षित गर्दै हवाइ हमला , २००४ र २००५ को म्याड्रिड र लण्डनको हमलाको झण्डै एक दशकपछि युरोपमा चार्ली हेब्दोको कार्यालयमा २०१५ जावरीमा आतंकवादी हमला , २०१५ नोभेम्बरको पेरिस हमला , मार्च २०१६ को ब्रुसेल्स हमला , २०१६ मा निसको ट्रक घटना , तीन महिनाको अवधिमा संयुक्त राष्ट्रमा भयानक आर्तकवादी हमला र गत वर्षको इस्लामिक स्टेटको वार्सिलोनमा हमला एकअर्कासंग जोडिएका देखिन्छन् ।

    उनीहरूले सिरियाको प्रोक्सी युद्धमा खेलेको जटिलता , आक्रामक र अग्निमार्गको भूमिका यदि पश्चिमी शक्ति बाट प्रेरित युरोपमा अपमानजनक इस्लामिक राज्यको उत्थानको रूपमा उनीहरूको कथित सीरिया नीतिको गत तीन वर्षको दौड पछि रुसबाट देशनिकाला भएका रुसी अधिकारीहरुको हत्या प्रयासबारे सुझबुझ नअपनाउने हो भने रुससंगको नयाँ शीतयुद्धलाई रोक्न निकै कठिन हुने देखिन्छ ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…