• रातोकलम\ साउदी अरबमाथी यमनबाट फेरि अर्को ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको छ। यमनबाट ईरान समर्थित हुथी सशस्त्र बिद्रोहीले साउदी अरबको जजान शहरलाई लक्षित गरि बिहिबार राती क्षेप्यास्त्र प्रहार गरेको हो।

    हुथी बिद्रोहीले बिहीबार राती ९ बजेर ३५ मिनेट जाँदा क्षेप्यास्त्र आक्रमण गरेको साउदी अरबको वायुसेनाका कोलोनेल तथा यमन मिशन प्रबक्ता तुर्की अल-मल्किले बताएका छन्। सघन जनघनत्व भएको शहरमाथी भएको यस्तो आक्रमण मानवता बिरोधी र अन्तर्राष्ट्रिय युद्ध संहिताको ठाडो उल्लंघन भएको कोलोनेल तुर्कीको भनाई छ।

    क्षेप्यास्त्र प्रहारबाट के कस्तो क्षति भयो भन्नेबारे भने केही खुलाईएको छैन। यमनको साना नाम गरेको शहर कब्जा गरेर बसेको सशस्त्र हुथी बिद्रोहीले गत आईतवार पनि साउदी अरबको राजधानी रियाद स्थित बिमानस्थललाई ताकेर ७ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। ती क्षेप्यास्त्रलाई आकाशमै नष्ट पारिएको भनिएको सो घटनामा एक जनाको ज्यान गएको बताईएको छ।

     

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…