• ३१ भदौ, काठमाडौं ।

    मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको छ ।

    ‘सेनाको पछिल्लो पुनः संरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन्’, नेपाली सेनाका प्रवक्ता सहायकरथि झंकरबहादुर कडायतले भने ।

    सेनाले प्रदेश नं. २ र ५ हेर्नेगरी दुई पृतना थपेको छ । कडायतका अनुसार, प्रदेश नं. २ को पृतनालाई मध्यपूर्वी पृतना भनिएको छ भने ५ नं. को पृतनालाई मध्यपश्चिम नामांकन गरिएको छ । उत्तरपश्चिम पृतनाको मुख्यालय सुर्खेतमा छ । उक्त पृतनाले प्रदेश नं. ६ को सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी पाएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…