• रातोकलम\  चीनले प्रक्षेपण गरेको एउटा अन्तरिक्ष स्याटेलाईट केही घण्टा भित्र पृथ्वीमा खस्न लागेको छ। नियन्त्रकको सम्पर्क गुमाएको सो बिशाल यन्त्र कहाँ खस्छ भन्ने बारे भने केही अनुमान गरिएको छैन।

    चीनले अन्तरिक्षमा झुण्ड्याएको तियाङ्गोङ-१ नामक सो स्याटेलाईट प्रयोगशाला क्रमश: पृथ्वी तर्फ खसिरहेको छ।अनियन्त्रीत सो उपकरण आज मध्य राती देखि भोलि सम्ममा पृथ्वीमा झर्नसक्ने बैज्ञानिकहरुले बताएका छन्।

    पृथ्वी तिर झरिरहेको उक्त स्याटेलाईटलाई विशेषज्ञहरुले निगरानी गर्ने प्रयास गरिरहेका छन्। तर उचाईको कठिन अवस्थाका कारण उनिहरुले त्यो स्याटेलाईट खसेको  सूचना अन्तिम समयमा मात्र पाउनेछन्।

    प्रक्षेपक चीनसंग सम्पर्क बिच्छेद भएको कारण उसले खसिरकेको आफ्नो यन्त्रलाई नियन्त्रण गर्न सकिरहेको छैन। यधपी सो स्याटेलाईट घना मानवीय आवादी भएको क्षेत्रमा खस्ने सम्भावना भने न्यून रहेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ।

    उक्त स्याटेलाईट संभवत: सामुन्द्रीक क्षेत्रमा खस्न सक्ने बेलायती अन्तरिक्ष संस्थाका प्रमूख ईन्जिनियर रिचार्ड क्राउथरले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…