रातोकलम/ गत चैत १६ गते निधन भएका नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्का प्रती श्रद्धाञ्जली अर्पण गर्न प्रतिनिधी सभा र राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेका छन्। दुवै सभाको आज बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो।
पूर्व गृहमन्त्री तथा नेपाली कङ्ग्रेसका प्रभावशाली नेता खड्काको उपचारका क्रममा भारतको एपोलो अस्पतालमा निधन भएको थियो।
मृगौला रोगबाट पीडित ६७ बर्षीय खड्का दाङ जिल्लामा विकासप्रेमी नेताका रुपमा चिनिन्थे। स्वर्गीय खड्काले दाङबाटै तीन पटक संसदीय चुनाव जितेका थिए।
@तस्वीर: उनकै फेसबुकबाट।