• उर्लाबारी ।

    ५० लाख रुपैयाँ चन्दा मागेको आरोपमा होण्डा शोरुम दमकका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले शोरुम सञ्चालक झापाको कमल गाउँपालिका २ का ४२ बर्षीय जीवन न्यौपाने र इलाम चुलाचुली गाउँपालिका ३ का ४४ बर्षीय दिलकुमार कुरुङबाङलाई पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरुले होण्डा शोरुम उर्लाबारी मोरङका सञ्चालक मिलन गौतमलाई ५० लाख चन्दा माग गर्दै पत्र पठाएका थिए । स्वतन्त्र लिम्बुवान नेपाल केन्द्रिय समितिको नामबाट गत भदौ ५ गते पत्र पठाएको गौतमले बताउनुभयो  । भदौ ४ गते काटिएको पत्रमा अध्यक्ष खाम्बोङसाको हस्ताक्षर रहेको छ ।

    उनीहरुले पत्रमा पार्टी भूमिगत अवस्थामा रही एक दशकदेखि लिम्बूवान स्वतन्त्रताको आन्दोलनलाई अघि बढाइरहेको उल्लेख गरेका छन् । उनीहरुले संगठनलाई शक्ति सम्पन्न बनाउन सात दिनभित्रमा ५० लाख रुपैयाँ सहयोग अनिवार्य उपलब्ध गराउन भनेका थिए । चन्दाबारे बेवास्ता गरे तथा प्रशासनलाई खबर गरे हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।  उनीहरुले पठाएको पत्रमा ‘हाम्रो गौरबशाली भूमिरक्षक पार्टी स्वतन्त्र लिम्बूवान नेपाल भूमिगत अवस्थामा रहेर विगत एक दशकदेखि लिम्बुवान स्वतन्त्रताको आन्दोलनलाई घनिभूत रुपमा अघि बढाउन, संगठन शक्ति सम्पन्न सुदृढ गर्नुपर्ने भएकोले ५० लाख अनिवार्य सहयोग गरिदिन अनुरोध छ । सहयोगको मूल्यांकन हुनेछ । यही सात दिनभित्रमा उलपब्ध गराउनु होला । प्रशासनमा भन्ने र जाने, चलखेल गर्ने कुनै चेष्टा नगर्नुहोला ।

     

    अन्यथा गरिएमा पार्टीको नीति तथा कार्यक्रम अनुरुप हदैसम्मको कारबाही गर्न बाध्य हुने ब्याहोरा जाहेर गर्दछौं’ उल्लेख छ ।  भदौ ५ गते पत्र पठाएका उनीहरुले १२ गते पत्र प्राप्त भए/नभएको बारे एनसेलको नम्बरबाट गौतमलाई फोन गरि सोधीखोजी गरेका थिए । उर्लाबारी शोरुमका सञ्चालक गौतमले आफूले पार्टीलाई सहयोग गर्ने तर, यतिधेरै रकम सहयोग गर्न नसक्ने जवाफ दिएको बताए । तर, उनीहरुले पार्टीको निर्णय हो, तपाईले मान्नैपर्छ भनि धम्काएपछि प्रशासनलाई जानकारी गराएको गौतमले बताउनुभयो ।  । प्रहरीले भदौ २९ र ३० गते दुई दिनमा गरि न्यौपाने र कुरुम्बाङलाई पक्राउ गरेको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार म्याद थप गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) बिष्णुहरी कोइरालाले जानकारी दिनुभयो ।

    उहाँले प्रारम्भिक अनुसन्धानबाट चन्दा माग्ने विषय पार्टीगत भन्दा पनि व्यवसायीक प्रतिस्पर्धाबाट प्रेरित देखिएको बताउनुभयो । उनीहरुले गौतमसहित दमकका अन्य केही व्यापारीलाई पनि ठूलो रकमको चन्दा माग गर्दै पत्र पठाएको प्रहरीले जनाएको छ । तर, अनुसन्धान जारी रहेकोले नाम बताउन नमिल्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले गौतमको नाममा होण्डा शोरुम दमकको ठेगानामा पत्र पठाएका थिए । गौतमले उर्लाबारीकै दिलु श्रेष्ठसंग लिमेर संयुक्त रुपमा दमक ९ मा होण्डा मोटरसाइकलको पार्टस् र सर्भिस सेन्टर खोल्न लागेको जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…