• रातोकलम/  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा भिषण आगलागी भएको छ। आगलागीमा परि एकजना को ज्यान गएको पुष्टि भएको छ।

    न्युयोर्कमा रहेको ट्रम्प टावर नामको सो ५८ तले भवनमा राष्ट्रपति ट्रम्पको घर र कार्यालय पनि रहेको छ। स्थानीय समय अनुसार हिजो बेलुकी करिब ६ बजे भएको सो भीषण आगलागीमा परि गम्भीर घाईते भएका एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। आगलागी नियन्त्रण गर्ने क्रममा २ सय जना अग्नि नियन्त्रक मध्ये चारजना घाइते भएको न्युयोर्क अग्नी बिभागका आयुक्त डेनियल निग्रोले बताएका छन्।

    आगलागी शुरु भए लगत्तै अग्नि नियन्त्रण टोलिले आगलागी भएको आसपासको क्षेत्रमा सवारी आवागमन रोकेर आगो निभाएको थियो। करिब ६:४५ बजे आगो नियन्त्रणमा आएको आयुक्त निग्रोको भनाई छ।

    आगलागी भएको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प परिवार सहित वासिङ्टनमा रहेको लक्जरी ट्रम्प ईन्टरनेशनल होटेलमा थिए। सो आगलागीको कारण र आगलागीबाट के कति क्षति भयो भन्नेबारे केही खुलाईएको छैन।

    घटनाबारे एक ट्विट गर्दै राष्ट्रपति ट्रम्पले सफलतापूर्बक आगो निभाउने दक्ष अग्नि नियन्त्रकहरुको प्रशंसा गर्दै धन्यवाद दिएका छन्। राष्ट्रपति पुत्र एरिक ट्रम्पले पनि अर्को ट्वीट गर्दै आवासीय अपार्ट्मेन्टमा भएको उक्त आगलागी नियन्त्रणमा लिन सफल भएको भन्दै अग्नि बिभाग र प्रहरीलाई धन्यवाद दिएका छन्।

     

    फोटो: स्काईन्युज ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…