• २ असोज, काठमाडौं ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कार्यपालिका चुनावको परीणामबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

    प्रचण्डले चितवनबाट संघीय संसदको चुनाव घोषणा गरे लगतै भरतपुर महानगरपालिकाको कार्यपालिकामा भएको चुनावमा एमालेको बहुमत आयो । ८ सदस्यका लागि लागि भएको पदमा एमालेका ६ र कांग्रेसका २ सदस्य चुनिए, जबकी एमालेका ७०, कांग्रेसका ६९ र माओवादीको ८ मत थियो । माओवादीका एकजनाले पनि जितेनन् ।

    आइतबार बालुवाटार पुगेर प्रचण्डले भरतपुरको परीणामबारे देउवासँग चिन्ता व्यक्त गरे । कांग्रेस र माओवादी गठवन्धनप्रति असन्तुष्टि कायमै रहेको र यसले भोलिको चुनावलाई असर गर्न सक्ने उनको संकेत थियो ।

    प्रचण्डले प्रधानमन्त्री देउवालाई गठवन्धनको बहुमत हुँदाहुँदै यो परीणाम कसरी भयो भन्ने प्रश्न गरेको स्रोतले बताएको छ ।

    जवाफमा कांग्रेस सभापति देउवाले नहुनु पर्ने परीणाम आयो भनेका छन् । साथै यसबारे पार्टीमा बुझ्ने आश्वासन दिएका छन् ।

    देउवा र प्रचण्डबीच सोमबार हुन लागेको प्रदेश दुईको स्थानीय चुनाव लगायतका विषयमा पनि छलफल भएको थियो ।

     

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…