मुक्तक
	1.मेरो सम्झानाको सुत्र बनेर तिमिलाइ हिक्का नहोस 
	जति टाढा जाउ तर तिम्रो आँखामा आँसु को ढिक्का नहोश
	म नै बसुला नि बरु मरुभुमा याद को खडेरी भित्र
	तिमी लाई म बिनाको सन्सार कहिले पनि फिक्का नहोश
2.याद छ बहिनी मलाई तिम्रो छेन्द्रा परेको फरिया
त्यसैले न बन्दैछु पराइ देश मा अरुको भरिया
भत भत पोलिरहन्छ मेरो यो छाती दुख आमाको देखेर
अरुकै मेलामा बिथ्यो त्यो हाम्री आमाको दिनचार्य
	3.मलाइ छोडेर गएपछि पिडामै जिउदैछौरे हो
	मेरो माया सम्झेर त्मिले आँसु पिउदैछौरे हो
	मैले नि धन दौलत दिन नसकेनी दुख त दिन्न थे
	त्यही मेरा कुराहरु मा फाटेको मन सिउदैछौरे हो
4.अँध्यारो भन्छन अरु घाम लागेको देख्छ
उत पत्रकार हो उ सबै घटेको घटना लेख्छ उत
देस भित्रै रहन्छ उस्का खबर का कृतिहरु
त्यसैले जस्तो सुकै घटना नि भेट्छ उत
5.हासो खुसी लुटिसक्यौ बाकी छ सास प्रिय
घायल पारेर छोड्यौ बाकी छ आस प्रिय
रोज अझ के लान्छौ मुटु या धड्कन भन
जे रोजे पनि बाकी छ अब जिउदो लास प्रिय
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        