• (कमला भट्टराई )

    आहा अब त कोइली कराउने बेला भयो

    उठ न साथी हो अब

    हामी पनि प्रकृतिको धुन सुनौन हो

    बसन्त ऋतुको आवागमन हेर्दै गर्दा

    जिवन्त प्रकृति हेर्न पाइने भयो

     

    आहा हाम्रो हिमाल सगरमाथा

    विश्वको शिर जस्तो समथर तराई

    अन्न भन्डार कस्तो अनि

    ती कहालीलाग्दा पहाड प्रकृति ठिङ्ग उभिए जस्तो

    आहा मेरो सुन्दर देशको गरिमा

     

    भौगोलिक यो छटामा अथाह सम्भावना भएर पनि

    उहीँ सीता,रीता,गीता अनि पूर्णीमा र अष्टमहरु

    उड्डै छन रे विरानो मुलुक यो विशाल गरिमालाई छाडेर

    यो वशन्तको सुन्दर आवाजको प्रकृति सबै भुलेर जादैछन रे

     

    आहा मेरो देश कति सुन्दर छ

    तर बिरानो मुलुकबाट नेपाली मनहरु

    आफ्नै भूमिबाट लखेटिएकाहरुलाई

    सगरमाथा टोलाउदै बहुलाउदै छ रे

    अर्धमुर्छित समृद्धिलाई यहि वशन्तमा

    प्रकृतिले इलाज गर्दछिन रे

    आहा वसन्त आउदै छ रे

    उज्यालो सर्वत्र छाउदै छ रे

    कोइलीको कोहोकोहो आवाजभित्र

    म हुं आम नेपालीको माला गासिदै छ रे

    गासिदै छ रे

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …