• काठमाडौँ, असोज ३ गते ।





    नेपाली काँग्रेसले बडा दसैँ, तिहार लगायतका चाडपर्वका अवसरमा आउँदो असोज १९ गते शुभकामना चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालय बीपीनगर सानेपामा दिउँसो १ बजेदेखि ४ बजेसम्म चियापान आयोजना गरिने सो पार्टीले जनाएको छ ।

    बडा दसैँका अवसरमा कोजाग्रत पूर्णिमाका दिन नेपाली काँग्रेसले आयोजना गर्ने चियापानको विशिष्ट ऐतिहासिक पक्ष पनि रहेको छ । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर जननायक बीपी कोइराला आठवर्षे प्रवास परित्याग गरी स्वदेश फर्कनुभएपछि उहाँले कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्नुभएको थियो । आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रियता बलियो बनाउँदै सबै नेपालीलाई राष्ट्र निर्माणमा सरिक बनाउन बीपी कोइरालाले आरम्भ गर्नुभएको त्यस परम्परालाई नेपाली काँग्रेसका नेताहरूले निरन्तरता दिँदै आउनुभएको थियो ।

    बीपी कोइरालाको निधनपछि सर्वोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले निरन्तरता दिँदै आउनुभएको शुभकामना चियापान कार्यक्रमलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिनुहुने नेपाली काँग्रेसले जनाएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…