गजल
फिपराज बेघा
सोझैभन्दा तिम्ले, भिन्न, त्यसै बुझेउ
आस्ते आस्ते भन्दै थिए, त्यसै कुदेउ
पयाले बेरिदै थियो, माथी र मुनि
खै ! झडकाएर तानेउ, त्यसै टुटेउ
एक तिहाई मात्र, रमझम भाथ्यो
दुई तिहाइ रसमा, त्यसै छुटेउ
शुभकामना, काइते यात्राको लागि
अध्रातमा कुमारित्व, त्यसै लुटेउ
-पथरी, मोरङ