• मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । भ्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूB मेक्सिकोका सरकारी अधिकारीले बताएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्‍याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।

    भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको ज्यान गएको थियो ।

    मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक हो । यो राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ । भूकम्पका कारण अहिलेसम्म ज्यान गुमाएका मध्ये ५४ जना मोरेलोस राज्यका छन् । यस्तै पोएब्लामा २६ जनाको ज्यान गएको छ । यस्तै मेक्सिको सिटीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । १० हजार भन्दा बढी मानिसको ज्यान जाने गरी ३२ वर्षअघि गएको भूकम्पको वर्षगाठ मै भूकम्प गएको हो । 

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…