ढलेका सम्पदाहरु उठेकै रहेनछन
भत्किएका सडकहरु उस्ताउस्तै रहेछन
जतासुकै फोहोरको थुप्रो
ट्राफिक जामको उस्तै पिरलो
जिर्ण मुहार लगाइ अवस्थित
राजधानी काठमाडौंको दुखेसो
ढलेको भीमसेन स्तम्भ' धरहरा '
जसको जग मात्रै रहेछ
नेपालकै पहिलो अङ्ग्रेजी हाइस्कूल
झन जिर्ण भएछ
अनि हेर्दै थिएं रानीपोखरी
खोइ त्यहा बार मात्रै रहेछ
सम्पदा न उठि के उठ्ला परिचय
सडक नबनी के बन्ला देश
यस्तै देखें काठमाडौं परिवेश