• राजारानी ।  विरेन्द्र ग्याबा तामाङ र विरेन्द्र रम्तेलद्वारा लिखित नेपाली गजल संग्रह आत्मा संवेग सार्वजनिक गरिएको छ। धनकुटाको राजारानी स्थित वर्षेनी लाग्ने चण्डी पुर्णिामा मेलाको अन्तिम दिनको अवसर पारेर उक्त गजल संग्रह सार्वजनिक गरिएको हो ।

    गजल संग्रहलाई साहित्यकार दिवा चेमजोङ,इलाका प्रशासन कार्यालय राजारानी धनकुटाका इलाका प्रशासन प्रमुख विदुर गौतम,इलाका प्रहरी कार्यालय राजारानी धनकुटाका प्रहरी प्रमुख मोहन थापा,गायक तथा संगितकार देवेन चेम्जोङ र चण्डी पुर्णिामा साङगितिक साझका संयोजक बिजु राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन। गजल संग्रहमा पाचथरका सर्जक विरेन्द्र रम्तेलको पचास र ओखलढुगांका सर्जक विरेन्द्र ग्याबा तामाङको पचास गजल सङग्रहित रहेको बताइएको छ। आफुहरुले बजारी प्रतिस्पर्धाका लागि नभई आफ्नो सिर्जना संरक्षणको लागि  गजल संग्रह पुस्तकको रुपमा ल्याएको भन्दै उक्त गजल संग्रह पढेर सल्लाह सुझाव दिन हुन सबैलाई आग्रह समेत गरेका छन  । सङ्ग्रहलाई अक्षरधाम प्रकाशन गृह काठमाडौले प्रकाशन गरेको हो।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …