टुटे फुटेका शिशाहरु छन म हिड्ने गोरेटोमा
आगोका लप्काहरु जल्दैछन मैले चुम्ने शिखरहरुमा
म जति नै छिटो हिडे पनि या ढिलो
म हिड्ने बाटोहरुमा अवरोध नै अवरोध विछ्याइएका छन
सिस्नोको घारी देखि नडराइ हिड्नुछ म
अजङ्का पहाड चढ्नै छ मैले
हरेक अप्ठ्याराहरुसग सम्झौता गर्दै
आगोका लप्काहरुसग जल्नै छ मैले
खरानी बन्नु बाध्यता छ मैले
बाढी र पहिराहरु आइरहन्छन
तिमी नजोगिइ हिड्यौ भने
अवरोधहरुले भन्नेछन सानू तिमी नजाउ अहिले
अवरोधका पहिराहरुले किच्नेछन तिमिलाई
विडम्बनाका पत्थरहरु गुल्टिएर
तिमिलाई उछिट्याउनेछन तिनले
अहिले धैर्य गर
निरीह र अवोध यात्रा स्थगन गर्नुछ तिमिले
गन्तब्यमा जलेको त्यो आगोको लप्कासग
जान्दछ्यौ परेड खेल्न तिमिले??
तिमी अवरोधसग मीत लगाउदैछौ
तिमी शोकसग शोकाकुल हुदैछौ
कारण उसको गन्तब्यले उसलाई
जलाउन बोलाएको छ
अझै साहस बोकेर हिडेको हो तिमी
त्यहा फलाम कांडाका तारहरु
तिमिलाई छेक्न वारहरु लगाउदै
बाधा र उल्झनका चुचुरिहरु निर्माण गर्दैछन
त्यो टापुमा जब तिमी जल्न पुग्छौ
दृष्यहरु तिमिलाई हेर्दै एक्लै रुनेछन
एक्लै रुनेछन
किनकी अजङको पहाड चढ्नुछ मैले
गन्तब्यमा अग्नीसग बल्नु छ मैले
त्यतिबेला चन्द्र आफ्नो मुस्कान
तिमी रुदा पनि घटाउनेछैन
त्यतिबेला जब शिखर चुम्छौ तिमी
ती आगोहरु भर्भराउनेछन
ती लप्काहरु टोलाउने छैनन
हावाको बेगमा भर्भराउदै
त्यो गन्तब्यमा अग्नि ज्वाला दन्काउनेछन
म सामन्त हिड्ने बाटो सास्ती अनिवार्य छ
म पुजिवाद हिड्ने बाटो कष्ट सत्य छ
के तिमी म जस्तो साम्राज्यवादसग हास्न सक्छौ
के तिमी म जस्तो पुजिवादसग हिड्न सक्छौ
अन्दाजहरुले तिमिलाई चपाउनेछन
आशाहरुले तिमिलाई जलाउनेछन
यसैले मेरा गन्तव्य असुरक्षित छन
मेरा भविष्यहरु अनिश्चितछन्
म साम्राज्यवाद ,म विस्तारवाद
मेरा मुहार अनेक छन