• काठमाडौँ , ६ असोज ।एमाले अध्यक्षका रूपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए । उतारचढावयुक्त राजनीतिक घटनाक्रमकै वेला पार्टी र मुलुकको नेतृत्व सम्हालेका उनको तीनवर्षे कार्यकालबारे एमालेवृत्तमै विभिन्न कोणबाट समीक्षा हुन थालेको छ।

    साउन पहिलो साता अध्यक्षको कार्यभार सम्हालेका ओलीका लागि केन्द्रीय कमिटीमा स्पष्ट बहुमत छ । प्रतिस्पर्धी नेपाल समूहले पनि पार्टी निर्णयमा अवरोध गरेको देखिँदैन । पार्टी सञ्चालन र महाधिवेशनका महत्वपूर्ण एजेन्डा कार्यान्वयनमा ओलीको कमजोरीको खुलेर आलोचना गरे पनि राजनीतिक एजेन्डामा उनको नेतृत्व औसत सफल रहेको नेपाल समूहकै नेताहरूको विश्लेषण छ ।

    आज केन्द्रीय कमिटी बैठक
    उम्मेदवार छनोटको विधि र मापदण्ड बनाउँदै एमाले
    एमालेले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार छनोट गर्न स्थायी समितिबाट छुट्टै विधि, प्रक्रिया र मापदण्ड बनाउने भएको छ । स्थायी समितिले तयार बनाएको मापदण्डका आधारमा दसैँभित्रै उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसक्ने एमालेको तयारी छ ।

    प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीबारे छलफल गर्न शुक्रबारदेखि आठौँ केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठकमा निर्वाचनको घोषणापत्र, उम्मेदवार छनोट प्रक्रियालगायतका समग्र विषयमा सैद्धान्तिक छलफल हुने सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए । केन्द्रीय कमिटीबाट सुझाब लिएर स्थायी समितिले उम्मेदवार छनोटको मापदण्ड बनाउने उनको भनाइ छ । ‘केन्द्र र प्रदेशको दुवै निर्वाचनमा बहुमत ल्याउने गरी बैठकले मार्गनिर्देशित गर्नेछ,’ ज्ञवालीले भने, ‘बैठकका सुझाबका आधारमा दसैँभित्रै उम्मेदवार छनोटको विधि, प्रक्रिया र मापदण्ड तयार पार्छौँ ।’

    यसरी गर्दै छ एमालेले छनोट
    एमालेले १५ असोजबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने भएको छ । प्रदेशका उम्मेदवार सबै जिल्लाका प्रदेश निर्वाचन समन्वय कमिटी तथा प्रतिनिधिसभाका उम्मेदवारहरू प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीबाट सिफारिस हुनेछन् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका नामलाई जिल्ला कमिटी र प्रदेश संगठन कमिटीबाट सुझाब लिएर स्थायी समितिबाट छनोट हुने उपाध्यक्ष वामदेव गौतमले बताए । यो समाचार आजको नयाँ पत्रिकाबाट ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…