• 22September दाङ ।

    ठेका लिएको चार वर्ष हुँदा पनि सडक निर्माण नगर्ने ठेकेदारलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव)  दाङले आज कालोमोसो दलेको छ ।

    घोराही कटुवाखोलो देखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएको कान्सुराम निर्माण सेवा कम्पनिका स्थानीय ठेकेदार ऐजेन्ट पदम शर्मालाई नेकपाको घोराही जनपरिषद (जनसत्ता)ले जनकार्बाही स्वरुप कोलोमोसो दलेको हो ।

    बाटो निर्माण कार्य सम्पन्न नहुँदा घोराही बासिन्दा तथा यात्रुहरु लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापाक जनगुनासो आएपछि उक्त बाटोको जिम्मा लिएको ठेकेदारलाई कालोमोसो दलेको नेकपा दाङले जनाएको छ ।

    सडक निर्माण कार्य छिटो सम्पन्न नहुँदा आम नागरिकको स्वास्थ्यमा समेत असर गर्ने गरि धुलो, धुवा उड्ने र बजारको मुहार नै कुरुप देखिएकाले सम्बन्धीत सरोकारवालालाई लापरबाही नगर्न चेतावनी समेत नेकपाले दिएको छ ।

    सडक निर्माण ढिलाई हुनु सडक डिभिजन र घोराही नगरपालिकाको समेत लापारबाही भएको ठहर गर्दै यथार्शिघ सम्बन्धीत सरोकाावाला सबैलाई सचेत बन्न र निर्माण कार्य छिटो सम्पन्न गर्न दबाब स्वरुप उक्त कदम चालिएको जनपरिषदद्धारा जारी गरिएको पर्चामा उल्लेख गरिएको छ ।

    नेकपाले भ्रष्टचारी, घुसखोर, माफिया, दलाल, राष्ट्रघाती/जनघाती तथा सामाजिक अपराधीलाई राज्यले कारवाही गर्नुको सट्टा मौन बस्ने र उल्टै पुरस्कृत गर्दै लगेको भन्दै भदौदेखि कार्तिक मसान्तम्म जनजागरण र प्रतिरोध अभियान चलाउने घोषणा यस अघिनै गरिसकेको थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…