• काठमाडौँ, असोज ७  गते । राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७४ सम्बन्धी तीन विधेयकमाथि ६५ जना सांसदले ३० वटा बँुदामा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

    व्यवस्थापिका–संसद् विधेयक शाखाले दिएको जानकारीअनुसार सत्तारुढ दलद्वय नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई मधेशलगायत केही साना दलका सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

    असोज ३ गते बसेको व्यवस्थापिका–संसद् बैठकमा गृहमन्त्री जनार्दन शर्माले ती तीन विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन असोज ६ गते शुक्रबार बेलुकासम्मको समय निर्धारण गरिएको थियो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा २३ सांसदको १३, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमा १८ सांसदको १० र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयकमाथि २४ सांसदको ७ संशोधन रहेका शाखाले जनाएको छ ।

    प्राकृतिक विपद् व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित बनाउन र राहत तथा पुनःस्थापनाको कार्यलाई योजनाबद्धरुपमा अगाडि बढाउन विपद् व्यवस्थासम्बन्धी नयाँ विधेयक गृह मन्त्रालयले ल्याएको थियो ।

    यसैगरी नयाँ संविधानअनुसार राष्ट्रिय सभा सदस्य तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नयाँ विधेयक आएको हो । (रासस)

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…