• राजविराज। सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ । राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।



    सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उनले बताए । राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ ।
    यसैबीच जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए आजैबाट मतगणना पुनःसञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

    सप्तरीको बोदेबसाइन नगरपालिकामा प्रमुख र उप–प्रमुख दुबैमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । फोरम नेपालका आतिश सिंह यादवले ४,५४७ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अमरेन्द्र यादवले ३,२९८ मत प्राप्त गरे ।

    उपप्रमुखमा पनि फोरम नेपालकै रञ्जु साह निर्वाचित भइन् । साहले ३,७२१ मत प्राप्त गरी राजपा नेपाललाई पराजित गरेकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी राजपाका उपप्रमुखमा रेणु साहले ३,६३७ मत मात्र प्राप्त गरेकी थिइन् ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…