• अमेरिका  । रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताउनु भएको छ ।

    ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने वा नजरअन्दाज गर्नेखालका अभिव्यक्तिको आदान प्रदानलाई लिएर रसियाली विदेशमन्त्री लाभरोभ उक्त प्रतिक्रिया दिनुभएको हो ।

    अमेरिकी राष्ट्रपतिले केही दिन पहिले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियालाई पूरै ध्वस्त पारिदिने अमेरिकाको क्षमता रहेको बताएपछि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भन्नुभएको थियो ।

    यसकोे प्रतिक्रियामा ट्रम्पले उत्तर कोरियाली नेता किमलाई शुक्रबार ‘एकजना पागल मानिस जसलाई अहिलेसम्म नगरिएको जाँच गरिनेछ’ भनी ट्वीट गरेका सामाजिक सञ्जालमा पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाहिर ल्याएका थिए ।

    किमले ट्रम्पको भाषणलाई ’कुकुरको भुकाइ’ को संज्ञा दिएको बिषय नसेलाउँदै थप वाकयुद्धको अवस्था देखिएपछि लाभरोभको भनाइ आएको छ ।

    राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएका रसियाली विदशमन्त्री लाभरोभले दुई नेताबीचको ‘तनाव शान्त पार्न’ जरुरी रहेको शनिबार एक पत्रकार सम्मेलन गरी बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, “न त कोरियाली प्रायद्वीपमा युद्ध थाल्नु हामीलाई स्वीकार्य कुरा हुन सक्छ न उत्तर कोरियाको पारमाणु अस्त्र विकासलाई चुपचाप हेरेर बस्न नै ।” समस्याको समाधान राजनीतिक प्रक्रियाबाट खोज्नुपर्छ । यो संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एउटा जिम्मेवारी पनि हो । रासस÷एएफ्पी

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…