• विराटनगर,धनकुटा र संखुवासभा संयुक्त
    राक संवाददाताहरु, जेठ २३

    लाखौ मुल्यका काठ चोरी तथा तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी अरुण गुल्म खादवारीका प्रमुख डिएसपी रामप्रसाद भण्डारीलाई ईटहरीस्थित बाहिनी (क्षेत्रिय कार्यलय) झिकाईएको छ । उनकै नेतृत्वमा संखुवासभाको वनवाट लामो समयदेखि काठ तस्करी भईरहको पाईएपछि उनलाई सोधपुछ र कारवाहीको लागी बाहीनी बोलाईएको हो ।
    डिएसपी भण्डारीकै कमाण्डमा सोमवार राति चोरीको काठसहित संखुवासभावाट बेच्नका लागी ईटहरी लैजादै गरेको अवस्था नेपाल प्रहरीले रंगहात प्रक्राउ गरेको थियो । प्रक्राउ परे लगतै बाहिनीको अनुरोधमा गाडिसहित काठहरु अनुसन्धानका लागी सशस्त्रको धनकुटा स्थित छिडताड गुल्ममा बुझाईएको छ । काठ चोरी/तस्करीमा बा१झ १६६९ नंम्बरको सशस्त्र प्रहरीकै ट्रक प्रयोग भएको समते पाईएको छ ।
    ठुला ठुला नेता र मन्त्रिसंग पहुच राख्ने डिएसपी भण्डारीले आफुलाई जोगाउनको लागी र्सोसर्फोस लगाईरहेको स्रोतको दावी छ ।
    तर सशस्त्र पुर्व क्षेत्रिय बाहिनी प्रमुख डिआईजी मन्दिप श्रेष्ठ निष्पक्ष छानबिन र दोषीलाई कारवाही हुने जनाईसकेका छन् । डीआईजी श्रष्ठले सोर्सफोर्स लागउदैमा आफु प्रभावमा नपर्ने र दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    पक्राउ परेका काठ करिब १० लाख मुल्य बारबरको रहेको प्रहरीको भनाई छ । डीएसपी भण्डारी यो अभियोगवाट जोगीनका लागी उपभोक्ता समितिको प्रयोजनका लागी काठ ढुवानी गरिएको फर्जीकागज पत्र पेश गर्ने तयारी गरीरहेका छन् ।
    उक्त बरामद भएको काठ विषयमा जिल्ला बन कार्यलयलाई भने कुनै जानकारी गराइएको छैन । कुनै पनि वनजन्य वस्तु निकास गरिनु पुर्व जिल्ला बन कार्यलयको स्वृकित लिनु आवश्यक पर्दछ ।
    ट्रकसगै पक्राउ परेका सशस्त्र प्रहरीकै डाईभरले सोधपुछ क्रममा आफुले डिएसपी भण्डारीकै कमाण्डमा काठ ल्याएको र यस भन्दा अघि पनि धेरै पटक यसरी नै काठ निकासी गर्न हाकीमले अह्राउने गरको बताएका छन् ।
    स्रोतको अनुसार डिएसपी भण्डारीले महिनाको १० पटकसम्म काठ तस्करी गर्ने गरको जस बापात मासीक ५० लाखसम्म डिएसपीलाई फाईदा हुने गरेको बताएको छ ।

    related news :

    सशस्त्रको मिलेमतोमा काठ तस्करी, गाडी पनि प्रहरी कै


    तस्करीको विषयमा म आफै ईन्भेष्टिगेशन गर्छु : सशस्त्र डिआईजी मन्दिप

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…