• उत्तर कोरियाले अमेरिकामाथि युद्धको सुरुवात गरेको आरोप लगाएको छ । उत्तर कोरियाका विदेशमन्त्री रि योङ–होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसँग युद्धको सुरुवात गरेको आरोप लगाउनु भएको हो । अमेरिकाले उत्तर कोरियामाथिबाट आफ्ना बम बर्सक लडाकु विमान उडाएपछि उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।

    बम बर्सक विमान आफ्नो देशमाथिबाट उडाएर अमेरिकाले युद्धको सुरुवात गरेको उत्तर कोरियाका विदेशमन्त्री रिले बताउनुभएको छ । उहाँले आफ्नो देशको आकाशमा उडेका अमेरिकी बम बर्सक विमान खसाल्ने चेतावनी समेत दिनुभएको छ ।

    अमेरिकाले पटक पटक उत्तर कोरियासँग झगडा गरेर युद्धको सुरुवात गरेको र यो कुरा विश्वले थाहा पाउनुपर्ने पनि विदेशमन्त्री रिले बताउनुभएको छ । तर अमेरिकी रक्षा मन्त्रालयले भने उत्तर कोरियाले युद्धको लागि अमेरिकालाई उक्साइरहेको र यो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

    पछिल्लो समय अमेरिकाले उत्तर कोरियाको सीमा क्षेत्रमा बमबर्षक विमान उडाइरहेको छ । गएको महिना उत्तर कोरियाले परमाणु परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबिचको तनाव थप बढेको छ । परमाणु परीक्षणलाई लिएर उत्तर कोरियामाथिको प्रतिबन्ध संयुक्त राष्ट्रसंघले थप कडा बनाएको छ । यस्तै अमेरिकाले पनि उत्तर कोरियामाथिको प्रतिबन्ध कडा बनाएको छ ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…