• असोज ११, २०७४

    बारा : मतगणना सुरु भएको दिनदेखिकै एमालेको अग्रता उल्ट्याउँदै बाराको कलैया उपमहानगरपालिकामा कांग्रेसले जित हात पारेको छ। एमाले उम्मेदवारलाई १८७ मतले पराजित गर्दै कांग्रेसका राजेश राय यादव उपमहानगर प्रमुखमा निर्वाचित भए। यादवले १० हजार ९०३ मत पाउँदा एमालेका विनोदप्रसाद साहले १० हजार ७१६ मत प्राप्त गरे। उपप्रमुखमा पनि कांग्रेसकै रहिमा खातुन विजयी भइन्। उनले १० हजार ५३७ मत पाउँदा एमालेकी प्रतिमाकुमारी यादवले १० हजार ३७२ मत पाइन्।

    यससँगै कांग्रेसले मधेसमा जितेको स्थानीय तहको संख्या ४० पुगेको छ। १३६ मध्ये *१३४ स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा कांग्रेसले *४०, संघीय समाजवादी फोरम नेपालले २५, राजपाले २४, माओवादी केन्द्रले २१ र एमालेले १८ स्थानमा जित हात पारेका छन्। यसका अलावा नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाल संघीय समाजवादी पार्टीले २ तथा नयाँ शक्ति नेपालले १ स्थानमा जितेका छन्।

    अन्तिम परिणाम सर्वजनिक हुन बाँकी वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम र राजविराज नगरपालिकामा राजपाको अग्रता छ।

    *सच्याइएको।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…