• -अनिल घिसिङ।

    बेलबारी/ कला सृजना क्षेत्रमा योगदान पुर्याउने यहाँका तीन जना स्रष्टाहरु सम्मानित भएका छन्। कोशी नेपाल मिडिया प्रा.लि.ले मोरङको बेलबारीमा शुक्रबार आयोजना गरेको साहित्य दीप विशेष कार्यक्रममा वि.सं.२०३२ सालदेखी कथा लेखनमा सकृय बद्री अधिकारी, मूर्तिकलामा ख्याती प्राप्त कलाकार विक्रम श्री र मूर्ती कलामै सकृय धनु याक्खा सम्मानित भएका हुन्।
    कार्यक्रममा नेपाल, भारत तथा भुटानका गरि १६ जना कविहरुले ३२ वटा कविताहरु वाचन गरेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ समितिका सदस्य प्राज्ञ श्रावण मुकारुङको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा दार्जिलिङका सुजनहाङ सुब्बा, कालिम्पोङका पुकार पारदर्शी, टीका भाई, भुटानका याम थुलुङ, पोखराकी गौरी तमु, ईलामका बिमल वैध लगायत आमन्त्रित सर्जकहरु सहभागी थिए।
    यस बाहेक लोकप्रिय कवि प्राज्ञ श्रवण मुकारुङ, मनु मन्जिल, कुन्ता शर्मा, बद्री भिखारी, रेखा सुवेदी, तारा पराजुली, तिला लेकाली, हेमन यात्री, जसराज किराँती, अनिल पौडेल, बिमला तुम्खेवा लगायतले आफ्ना रचना सुनाएका थिए।
    बेलबारी नगरपालिकाको सहयोगमा संचालित उक्त कार्यक्रम कोशी नेपाल टिभी यूट्युब च्यानलमा प्रशारण हुने सो च्यानलका संस्थापक अर्जुन कुलुङ राईले जानकारी दिए।
    बेलबारी नगरपलिका स्थित आदिबासी जनजाती सभाहलमा सम्पन्न कार्यक्रममा दार्जिलिङ तथा कालिम्पोङका उदीयमान कविहरुले राज्यको उत्पिडन बिरुद्ध सशक्त कविता प्रस्तुत गरिरहँदा स्तब्ध बनेको कार्यक्रम हल कवि मनु मन्जिल र बिमल वैध लगायतले प्रेमिल कविता प्रस्तुत गर्दा आल्हादित भएको थियो।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …