• बेलबारी / मोरङको बेलबारी नगरपालिकाको दोस्रो नगरसभा अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न अधिवेशन मार्फत आर्थिक बर्ष २०७५/०७६ का लागी ८० करोड २ लाख १४ हजार बराबरको बजेट सार्बजनिक गरेको हो।
    यसभित्र आन्तरिक आय ४ करोड ६१ लख ५० हजार र बाह्य स्रोत तर्फ ७५ करोड ४० लाख प्रस्तावित अनुमान रहेको छ । आर्थिक बर्ष २०७४/०७५ को तुलनामा यो बजेट २० दशमलव ७९ प्रतिशतले बृद्धि भएको छ ।
    बेलबारी नगरपालिकाको आदिवासी जनजाति सभाहलमा सम्पन्न अधिवेसनमा आर्थिक बर्ष २०७५/०७६ को नीति, बजेट तथा कार्यक्रम नगरका उप—प्रमुख ढाका कुमारी पराजुलीले प्रस्तुत गरेकि थिइन्।
    आर्थिक बर्ष २०७५/०७६ को प्रस्तावित बजेटमा सबैभन्दा बढी शैक्षिक क्षेत्रका लागी १५ करोड २९ लाख १५ हजार बिनियोजन भएको छ । भवन तथा संरचना निर्माणमा १३ करोड ४१ लाख, स्वास्थ्यमा २ करोड ९४ लाख ८३ हजार, सडक कालोपत्रेमा ३ करोड ३४ लाख ६० हजार, सडक स्तरोन्नति तथा मर्मत सुधारमा २ करोड १७ लाख, लक्षित बर्गलाई १ करोड ४३ लाख ९० हजार बजेट बिनियोजन भएको छ ।
    त्यस्तै कृषि क्षेत्रको लागी ८८ लाख ६४ हजार, पशुबिकासमा ५९ लाख २१ हजार, सहकारी क्षेत्रमा ५ लाख, महिला बिकासमा २६ लाख ६९ हजार, खेलकुद क्षेत्रमा २१ लख ५० हजार, सामाजिक सुधार क्षेत्रमा २ करोड ४८ लाख ६८ हजार, सामाजिक सुरक्षा भत्तामा १२ करोड ५ लाख रकम छुटयाईएको छ ।
    सार्बजनिक सेवा तथा क्षमता बिकास समिति तर्फ नगरस्तरीय संस्थागत सुधारको क्षेत्रमा १ करोड, वडास्तरमा २३ लाख २५ हजार, बिपद ब्यबस्थापनमा २ करोड ११ लाख ५० हजार, वडास्तरीय कार्यक्रममा ३२ लाख ८५ हजार, पुल कल्भर्ट निर्माणमा ६३ लाख ५० हजार, बैकल्पिक उर्जा बिकासमा २३ लाख ३८ हजार, सिंचाई संरचना निर्माणमा २० लाख, सडक ड्रेन निर्माणमा ८६ लाख ५० हजार, बिद्युत बिस्तार र हयुमपाईप ब्यबस्थापनमा ५५ लाख, बिद्यालय पुर्बाधार बिकासमा २ करोड ८ लाख ५० हजार, पुजीगत मर्मत सम्भारमा १ करोड ४७ लाख २० हजार, अन्य सार्बजनिक निर्माण क्षेत्रमा २ करोड ९६ लाख ५० हजार रकम बिनियोजन भएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…