• केराबारी / मोरङको केराबारी गाउँपालिकाले दोस्रो गाउँसभा संपन्न गरेको छ । शुक्रबार संपन्न गाउँसभा मार्फत गाऊँपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागी ३९ करोड ३ लाख ८ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । जस अनुसार आन्तरिक आम्दानी र वित्तीय समानिकरणबाट प्राप्त अनुदान मध्ये चालु खर्च ५ करोड ५७ लाख १० हजार र १५ करोड ८३ लाख ९३ हजार पुँजिगत खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ ।

    गाउँसभामा आर्थिक बर्ष २०७५/०७६ को निति, बजेट तथा कार्यक्रम केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७५/०७६ को लागि आय निर्धारण गर्दा कुल अन्तरिक आय २ करोड ६५ लाख ७५ हजार हुने अनुमान छ । त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने बितिय समानिकरण अनुदान १० करोड ४५ लाख, राजस्व बाँडफाडबाट ७ करोड ७६ लाख २५ हजार तथा सशर्त अनुदान तर्फ  १२ करोड ७१ लख, चालु बर्षको मौजात रकम १ करोड ५० लाख र सामाजिक सुरक्षा भत्ता ५ करोड ३७ लाख ७ हजार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ३५ लाख ३१ हजार  गरी जम्मा बजेट सीमा तयार गरिएको हो ।

    हजारबिघा सामुदायिक बन उपभोक्ता समुहको सभाहलमा संपन्न गाँउसभाको उद्घाटन सत्र कार्यक्रमका प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित रहेका थिए भने गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीको अध्यक्षता रहेको थियो।

    प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री पण्डितले गाँउसभाको उद्घाटन गरेका थिए । नेपाल सरकारले गाउँ र नगरपालिकाहरुको पुनर्संरचना गर्दा केराबारी, याङशिला, पाटी र सिंहदेवी गाविसका पुरै वडा तथा लेटाङभोगटेनि नगरपालिका वडा नं १ लाई समावेस गरी केराबारी गाउँपालिका निर्माण गरेको हो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…