• १४ असोज, काठमाडौं ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुरुको हातबाट दशैंको टीका लगाउँदैछन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री देउवाले बालुवाटारस्थित निवासमा ११ बजेर ५५ मिनेटको साइतमा गुरुको हातबाट टीका लगाउने उनको सचिवालयले जनाएको छ । गुरुको हातबाट टीका लगाइसकेपछि दुई बजे राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवास जाने कार्यक्रम तय भएको छ ।

    त्यसअघि उनले आफन्तजनसँग भेटघाट गरेर रमाइलो गर्नेछन् । शितल निवासबाट फर्किएपछि अपरान्ह ४ बजे बालुवाटारमा पार्टीका नेता-कार्यकर्ताहरुलाई देउवाले टीका लगाइदिने कार्यक्रम छ ।

    प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री ज्यूको हातबाट टीका लगाउन कोही इच्छुक हुनुहुन्छ भने उहाँहरुका लागि चार बजेपछिको समय छुट्याइएको छ ।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…