कविता
तिमीले सोच्दै सोच्दै भनेका ती
अनगिन्ती सोचहरुलाई
आफ्नै सोच मानी
सोच्न बाध्य भएकोछु अचेल!
तिमी भन्ने गर्थेउ
मलाई चरा बनी उड्न मन छ
सोच्थे तिमीसङै उड्न पाए??
फेरि डराउथे
कतै उड्दा उड्दै झरे भने?
तिमी भन्ने गर्थेउ
मलाई नदि बनी बग्न मन छ
सोच्थे तिमी सङै बग्न पाए??
फेरि डराउथे
कतै ठेस लागेर अड्किए भने??
सोच तिम्रा मत्लबि हैन
मत्लबि त मेरो डर हो
जुन डर!
नसोची आउने गर्छ
अनि मलाई सोच्न बाध्य बनाउछ ....
कि,
अखिर मैले यी सब किन सोचे????
तिमी भन्ने गर्थेउ
मलाई इन्द्रेणी हुन मन छ
सोच्थे तिमि सङै एउटा रङ थप्न पाए?
फेरि डराउथे
कतै त्यो रङ कसैले देखेनन भने??
तिमी भन्ने गर्थेउ
मलाई बादल बन्न मन छ
सोच्थे,
तिमीसङै बादल बनी उड्न पाए?
फेरि डराउथे
कतै हावाले त्यो बादललाई टाढा पुरायो भने?
तेति बेला!
यी सब सोच्न मलाई डर लाग्थ्यो
किनकी......
किनकी, तिमी मेरो साथमा थियौ
साथ हुदा याद कहाँ हुन्छ र?
तर अहिले!
अहिले मलाई डर लाग्दैन
किनकी.....
किनकी मेरो साथमा तिम्रो याद छ
तिमि छैनौ
याद हुदा साथ कहा हुन्छ र?
एसैले
तिमिले सोच्दै सोच्दै भनेका ती
अनगिन्ती सोचहरुलाई
आफ्नै सोच मानी
सोच्न बाध्य भएकोछु अचेल!