१५ अशोज -By: Ratokalam
समयको गति संगसगै युगको परिवर्तन हुँदै जान्छ।परिस्थितिहरुका बाबजुद स्थितिहरु जन्मने गर्छन।समस्याहरु समाधानका निमित्त सिर्जना हुने गर्छन।बहाना ढाकछोप गर्न तिर लाग्दा यथार्थ चम्किलो सुर्य झै चम्किन थाल्दछ।अध्यारा र काला झुटहरु एउटा सुक्ष्म ज्योतिले चिर्दै वास्तविकताहरु हाम्रा नाङ्गा आखा अगाडि देखिन आइपुग्छन।अपराधहरुलाइ चिर्न न्यायको ढोका खुल्ने गर्छ भने अन्यायको फैसला न्यायिक दफाहरुले गर्ने गर्दछन।निष्ठुरी मान्छेको मन पगाल्न कोमल हृदयले कार्य गर्दछ भने कोमल हृदयहरुको इहलिला समाप्त पारिदिन कठोर दयनिय मनहरु हमेशा बन्दुकको क्लर्क दबाइरहेका हुन्छन।यात्रामा निस्केको मान्छे सवारीको साथ कुर्दै हुन्छ भने उसको मात्रै नभै सारा यात्रीहरुको गन्तव्य चुमाउने जिम्मा चालकको काधमा हुन्छ।
सबै स्थानहरुमा दुइ पक्ष विचको सामन्जस्यता हुन्छ अनि चलायमान समयका गन्तव्यहरुमा पुग्न सकिन्छ।एउटा सिक्कामा दुइ वटा पाटा,हामिले बाल्ने बिजुलिमा पोजिटिभ र निगेटिभ कनेक्सन भएकै कारण प्रकृतिले रात र दिनको उजागर गरेकी छिन।यस मानेमा भन्न खोजिएको कुरा के हो भने गन्तव्य खोज्दै कोहि हिड्दैछ भने उसको गन्तव्यको साक्षी उसको यात्राको एउटा प्रतिनिधी उदाहरण बनेको हुन्छ।हामिले चढ्ने गरेको साइकलमा दुइ वटा पाङ्रा हुन्छन अनि जिन्दगी गतिशिल बनाउन पनि अर्को एउटा साथको जरुरी हुन्छ र त जीवन रुपि रथ स्वचालित हुन पाउदछ।तर असन्ख्य अवरोधहरुसग संघर्ष गर्दै हामी हाम्रो गन्तव्य तिर लाग्ने गर्दछौं। कतै बिभेदका चुनौतीहरुलाइ सामना गर्नुपर्ने हुन्छ भने कतै शोषणको जांतो मुनि पिधिदै एउटा जिन्दगिको अटोबायोग्राफी सम्पन्न हुन्छ।
वास्तव मै भन्नुपर्दा प्रकृतिले संसार विश्वासको झिनो धागोमा बाधेर अड्याइरहेकी छिन।जहाँ विश्वास पलायन हुन्छ त्यहा आशा र भरोसाहरु क्रमशः मर्न थाल्दछन। एउटा पर्यटकले विश्व भ्रमण गर्दा एउटा कागजमा कोरिएको नक्साको विश्वास गर्द विश्व यात्रा सम्पन्न गर्दछ।यदि नक्सा गलत थियो भने उ हराउथ्यो। आज नेपालको राजनितिमा विश्वासको संकट छ भने स्वार्थले भरिएको अजङ्गको पहाड्मा नक्कली राष्ट्रवाद गल्ली गल्ली कुर्दै भर्खरै जन्मन लागेकी समृद्धिको भ्रुण हत्या गर्न तम्सिएको छ।
कारण उसको नैतिकता र उसको अविचलित सिद्धान्त नै हो।यस्तै भ्रुण हत्या गर्नेहरुको चुनौतीले न त लोकमान खोर तिर हाजिर हुन पायो,न त जननेताको हत्याराको हातमा हत्कडी कस्सियो र त सतिको श्रापले बाटो पाइरहेको छैन भने सहिदको मृत आत्माले शान्तिको अनुभुत गर्न पाएको छैन।घाइते,अपाङ्ग र कलिलो उमेरमा सिउदो पुछिएकी नारीको नै सम्बोधन हुन पाएको छ।यो सवै विश्वासको संकट र नवअवसरवादको पुनरोदय हो।यसलाइ हामिले चुनौती भनेर बुझ्न विवश छौं र यो विवशताको शिकार हामी कहिले सम्म हुने हो?अनुत्तरित प्रश्नचिन्ह खडा भएको छ।
यसको जबाफ दिन हाम्रै पुनर्मिलनको आवश्यकता छ।अन्त्यमा, अब हामी सबै जनाले टोलटोल वस्ती वस्ती बाट लालझन्डा बोकेर प्रतिगमन र नवअवसरवाद विरुद्ध लड्नु पर्छ।हामी र हाम्रो उपलब्धि सस्थागत गर्न फुटेर होइन जुटेर मिसन सम्पन्न गर्नुपर्छ। हामी अब पनि एकताबद्द भएनौं भने प्रतिक्रियावादी शक्ती हावी भइ हामी र हामो सार्बभौमसत्ता संकट्मा फस्छ।