काठमाडौँ, २२ असार । रसियामा जारी विश्वकपमा राम्रो खेल खेलेर पनि विवादमा रहे ब्राजिलियन स्टार नेयमारलाई ब्राजिलियन सरकारले मौन रहन सुझाब दिएको छ । नेयमारको व्यवहारका कारण विवाद र आलोचना परेका उनलाई ब्राजिल सरकारले मौन रहन आग्रह गरेको हो ।
विश्वकपको दाबेदार मानिएको ब्राजिलले शुक्रबार राति बेल्जियमको सामना गर्दैछ ।मिडिया रिपोर्टका अनुसार ब्राजिल विश्वकपको उपाधि जित्ने लक्ष्यको साथ हिँडेको टोलीका मुख्य सदस्य नेयमारको सुरक्षाको जिम्मेवारी लिएसँगै नेयमारलाई चुप लाग्न र आफ्नो लक्ष्यमा हिँड्न भनेको समाचारमा जनाइएको छ ।
सामाजिक सञ्जालमा नेयमारलाई लिएर हजारौँ ट्रोलहरु बनेपछि ती अतिरञ्जित बनाउने कामबाट आफ्नो खेललाई असर नपार्न ब्राजिलियन सरकारले नेयमारलाई सुझाब दिएको हो ।