• काठमाडौँ, २२ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कोसी पुलको बिचमा परेका ठुलठुला खाल्डाको कारण यात्रा सकसपुर्ण बन्न थालेको छ ।खाल्डामा चिप्लिएर गत असार ६ गते हेटौडाबाट विराटनगर जाँदै गरेको स्कार्भेटर बोकेको ट्रक कोसी नदीमा पल्टियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भयो भने सात जना घाइते भए ।

    पुलको बिचमा बनेका खाल्डाको कारण दैनिक साना ठुला दुर्घटना हुने गरेको छन् । पुल समयमा नै मर्मत नभएको कारण यात्रुहरू दुर्घटनाको शिकार हुने गरेका छन् । स्थानीय यात्रु वाहक बस चालक समीर खानकाअनुसार विगत २ वर्षदेखिको यो समस्या अझै समाधान हुन सकेको छैन । त्यसले गर्दा कतिपय अवस्थामा बाइक, कार लगायत साना सवारी साधन ठोक्किने र दुर्घटना हुने गरेको उनी बताउँछन् ।

    गाडीको गति तीव्र हुने र खाल्डोमा परेर दुर्घटना हुने गरेको उनको भनाई छ । पुलको समय समयमा मर्मत नहुँदा यस्तो समस्या आइपरेको बताउँछन् अर्का सवारी चालक टेकबहादुर बराइली । बिचमा गाडी नै भासिने गरी दुर्घटना हुने गरेको उनको अनुभव छ । नेपालसँगको सम्झौताअनुसार कोशी ब्यारेजको मर्मतदेखि ढोका खोल्ने र बन्द गर्ने काम भारतको जिम्मामा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…