• काठमाडौं– स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नयाँ राजनीतिक ध्रुवीकरण शुरु भएको छ ।

    नेपाली कांग्रेसको साथ लिएर स्थानीय तहको निर्वाचनमा भाग लिएको नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुन लागेको स्थानीय तहको नयाँ गठबन्धन कायम गरी निर्वाचनमा भाग लिन लागेको हो ।

    माओवादी केन्द्र र एमालेबीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ ।

    पार्टी एकता प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेका दुवै पार्टीबीच सात बुँदे गोप्य सहमति नै भइसकेका एमाले उच्च स्रोतले रातोपाटीलाई बतायो ।
    अबको निर्वाचनमै एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेका छन् । एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने दुई पार्टीबीच सहमति भएको एमालेका एक नेताले बताए । एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय नभएको माओवादी दुई दलबीचको वार्तामा सहभागी एक नेताले बताए ।

    स्रोतकाअनुसार एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने पनि समझदारी भएको छ । दुवै पार्टीमा भएको यो निर्णयलाई एउटा ऐतिहासिक कदम भन्दै पार्टी वृत्तमा चर्चा चलेको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…