गजल
*****
पूर्ण दाहाल 'बाबा'
सबैथोक बुझेर , छिमेकी आउँछ !
देवतालाई पुजेर, छिमेकी आउँछ !!
.
नत्र बोलाउनुस्, साँक्षी बस्नलाई !
दश चोटी सोचेर छिमेकी आउँछ !!
.
आगो लागोस् त , कसैको घरमा !
मट्टीतेल बोकेर छिमेकी आउँछ !!
.
चौरासी ब्यञ्जन भोज भतेर होस् !
नाकले नै सुँघेर , छिमेकी आउँछ !!
.
नबोलाए हुन्छ आपद-बिपदमा नि !
जेलमा पो हालेर , छिमेकी आउँछ !!
.
आवस्यक परे , उस्लाई तपाईको !
सन्सारै खोजेर , छिमेकी आउँछ !!
.
बिरामी हुँदा, बिचार गर्नु भाछ के !
मर्यो कि ! भनेर , छिमेकी आउँछ !!
.
मात्र मरेको खवर पर्छ उसले सुन्नु !
मुखकै गाँस छोडेर छिमेकी आउँछ !!
.
राम्रो बाली, नलाउनुस् छेउ-छाउ !
सीमाना काटेर , छिमेकी आउँछ !!
.
दाजु - बहिनीलाई देखे संग-संगै !
बदनाम गरेर , छिमेकी आउँछ !!
.
ठाँटिएर त झन् सार्हो भएन हिड्नै !
होच्याउँदै हाँसेर , छिमेकी आउँछ !!
.
पथरी, मोरंग