• काठमाडौं ।

    नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र चुनावपछिको पार्टी एकता आजै टुङ्गिने बताएको छ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सहमतीका बिषय आजै टुङ्गिने दावी गरे ।

    नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकताकालागि सहमतिको खाका तयार भएकाले आजै सो सहमतीमा हस्ताक्षर गर्न दुबै पार्टीमा छलफल चलिरहेको छ ।

    मंसिरमा हुने निर्वाचनमा तालमेल गर्ने र चुनावपछि पार्टी एकता वा सरकारको नेतृत्व आलोपालो गर्ने लगायत विषयमा सहमति नजिक पुगेको जनाइएको छ । एमालेबाट ६० र ४० प्रतिशतमा चुनावी तालमेलको प्रस्ताव आएको जानकारी दिँदै माओवादी केन्द्रका नेता पौडेलले भने बाँकी बिषयलाई प्याकेजमै टुङ्ग्याउन लागिएको छ ।

    हिजो मात्रै माओवादी केन्द्रको केन्दीय सचिवालय बैठकमा एमालेसंगको पार्टी एकताबारे छलफल भएको थियो ।

    एमालेले बाम एकताका लागि आब्हान गरेपछि माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको ३ सदस्यीय उच्चस्तरीय समिति बनाएको छ पछिल्लो समय दुबै पार्टीले बाम एकतालाई जोड दिँदै आएका छन् ।

    एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने, पार्टी सञ्चालनका लागि एमाले र माओवादीबाट ७ शीर्ष नेता रहने गरी संयन्त्र बनाउने, आउँदो चुनावमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने लगायतका बिषयमा सहमति भैसकेको अनौपचारिक रुपमा सार्वजनिक भएको छ ।

    समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधबकुमार नेपाल र उपाध्यक्ष बामदेब गौतम रहने जनाईएको छ ।

    आज नेकपा एमाले र माओवादी केन्द्रको आन्तरिक र संयुक्त बैठकले सबै बिषय टुङ्गयाउने नेताहरुले दाबी गरेका छन ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…