• अशोज १८ काठमाडौं - नेकपा एमालेसँग चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णयलाई चुनौती दिँदै माओवादीकै प्रभावशाली नेता तथा माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले माओवादी केन्द्रलाई पुनरगठन गर्दै सम्भव भएसम्म लडाकु दस्ता तयार पार्ने बताएका छन् । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको बाम ध्रुविकरण र एकिकरणको प्रस्ताव राखेको बैठक सकेर विराटनगर हुँदै भोजपुर पुगेका किराँतीले बुधबार बिहान निकालेको विज्ञप्तिमा भनिएको छ ,क्रान्तिकारी माओवादी आन्दोलनलाई अघि बढाउन पछि नपर्ने भन्दै माओावदी केन्द्रको पुनरगठन गर्ने बताएका हुन् ।

    माओवादी केन्द्रको पुनरगठन गर्नेबारे आफ्नो आधिकारीक फेसबुक पेजमा किरातीले लेखेका छन्– ‘माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पुनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।’ किराँतीले एमालेसँगको पार्टी एकिकरणबारे पार्टीको कुनै पनि तहमा छलफल र निर्णय गरिएको भन्दै निर्णय अवैधानिक रहेको बताए । उनले भने– ‘एमालेसँग पार्टी एकिकरण गर्नेबारे हाम्रो कुनै पनि तहमा छलफल र निर्णय भएको छैन त्यसैले यो निर्णय अवैधानिक छ ।’

    उनले आगामी चुनावमा पहिचान विरोधीलाई ठेगान लगाउन भाटे कारवाही गर्न सम्भव भएसम्म लडाकु दस्ता तयार पार्ने समेत बताए । आफ्नो विज्ञप्तिमा किराँतीले भेला आयोजक समिति गठन गर्नु पूर्व प्रचण्डसँग वार्ता गर्ने समेत उल्लेख गरेका छन् । विज्ञप्ति माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान (१) माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु । (२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु । (३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु । (४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ । (५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु । गोपाल किराँती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य हाल– आम्चोक गाउँपालिका, भोजपुर ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…