• काठमाडौं– माओवादी केन्द्र, एमाले र नयाँ शक्तिले चुनावी तालमेल घोषणा गरेसँगै नेपाली कांग्रेसको पहलमा प्रजातान्त्रिक गठबन्धन बनेको छ ।
    बाम एकता अभियान शुरु गर्दै तीन बाम पार्टी तालमेलको घोषणा भएको भोलिपल्ट ६ दल सम्मिलित प्रजातान्त्रिक गठबन्धन बनेको छ ।

    बुधबार बालुवाटारमा पाँच घण्टासम्म लगातार बसेर बेलुका सकिएको छदलको बैठकले प्रजातान्त्रिक गठबन्धन बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

    सो गठबन्धनमा नेपाली काँग्रेससहित उपेन्द्र यादवको संघीय समाजवादी फोर, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, महन्थ ठाकुर नेतृत्वको राजपा नेपाल, कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक गरी छ दल रहेका छन् ।

    केन्द्र र प्रदेशको चुनावमा कसरी तालमेल गर्ने विषयमा छलफल गर्नका लागि सात सदस्यीय एक समिति बनेको छ । कांंग्रेसबाट २ र अन्य ५ दलबाट एक एक जना सदस्य गरी सात सदस्यीय समिति बनाउने निर्णय ती दलहरुले गरेका छन् ।

    बैठकपछि राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले यसबारे विहीबारबाट छलफल गरिने जानकारी दिए ।

    बैठकमा प्रजान्त्रिक समूहबीच कार्यगत एकता गर्दै बामपन्थीलाई धक्का दिन सकिने निश्कर्ष निकालिएको कांंग्रेस नेता विमलेन्द्र निधिले बताए ।

    बैठकमा विपक्षी दलसँग गठबन्धन भएपछि नैतिकताको हिसाबले माओवादीले सरकार छाड्नुपर्ने विषय दलहरुले उठाएका थिए । तर कांग्रेसले भने माओवादीले सरकार छाड्नुपर्छ भन्ने मान्यतामा नरहेको कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए ।

    समितिमा कोको बस्ने त्यसको टुगों विहीबार नौ बजे बस्ने बैठकले टुंगो लगाउने भएको छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…