• काठमाडौं ।

    नेकपा (क्रान्तिकारी माओवादी) ले मंगलबार बनेको एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको गठबन्धन ‘कम्युनिस्ट एकता’ वा वामपन्थी गठबन्धन नभएको बताएको छ ।

    क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले बुधबार एक विज्ञप्ति जारी गर्दै यो गठबन्धन कम्युनिस्टहरुको एकता नभएर विचारबाट पतन भएका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको वामपन्थीविरुद्धको गठबन्धन भएकाले यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन् ।

    अध्यक्ष किरणअध्यक्ष किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो गठबन्धनलाई ‘कम्युनिस्ट एकता’ वा ‘वामपन्थी एकता’ भन्ने प्रचार गरिएको छ, त्यो बिल्कुल गलत हो । दक्षिणपन्थी बाटो हुँदै प्रतिकृयावादी कित्तामा गैसकेका यी शक्तिहरुको एकता वास्तवमा एउटा दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयास हो । वास्तविक रुपमा यो देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरुका विरुद्धको गठबन्धन हो ।’

    अध्यक्ष किरणले यो एकताले एमालेको कथित देशभक्तिको र माओवादी केन्द्रको माओवादी जनयुद्धको आफू कथित उत्तराधिकारी भएको भन्ने मकुण्डोलाई उतारिदिएको र उनीहरुको सक्कली चरित्र उदांग भएको स्पष्ट पारेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सच्चा देशभक्त र प्रगतिशीलका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताका पक्षमा ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको छ । यस स्थितिमा यो दक्षिणपन्थी र प्रतिकृयावादी गठबन्धनको भण्डाफोर गर्दै देशभक्त र क्रान्तिकारी शक्तिका वीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्टहरुका वीचमा पार्टी एकता हासिल गर्नका लागि हामी संबन्धित सवै पक्षसित जोडदार आह्वान गर्दछौं ।’

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…