• २० अशोज मोरङ

    मोरङ÷ नेपाली कांग्रेस मोरङले प्रदेश सभा अन्तरगत प्रत्यक्ष तर्फ क्षेत्र नं ३ ‘क’मा जिल्ला सदस्य सुयर्माराज राई सबैभन्दा लोकप्रिय उम्मेद्वार देखिएका छन् । कांग्रेसले राई ,पूर्व महासमिति सदस्य बीरबहादुर बस्नेत र पूर्व महाधिवेशन प्रतिनिधि केशव दुलालको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । मोरङ कांग्रेसको खेलकुद विभाग प्रमुख समेत रहेका राई मोरङको कानेपोखरी–५ निवासी हुन ।

    नेपाली विषयमा स्नातकोत्तर गरेका राई प्रष्टवक्ता भित्र पर्छन ।नेविसंघको विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा होमिएका राईले मोरङको विराटनगर स्थित डिग्री क्याम्पसको स्ववियु कोषाध्यक्ष, नेविसंघ इकाई सभापति भएर काम गरिसकेका छन् ।

    यस अघि भएको स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिका प्रमुखको दावेदार समेत रहेका राई अन्तिममा पछि हटेका थिए । राईले प्रदेश सभाको टिकट पाए ,जितेर देखाउने दावी गर्दै नागरिकहरू घोडा नभएको बताए । उनले थपे घोडा मात्र लगामको इसारामा हिड्छ , नागरिक अब रैती वा प्रजा मात्र रहेनन । उनले प्रष्ट रुपमा भने–भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न राजनीति गर्ने हो । कम्युनिष्टहरूको किल्ला मानिने निर्वाचन क्षेत्रमा उम्मेद्वार बन्न किन मरिहत्ते भन्ने जिज्ञाषामा राईको जवाफ थियो–‘कुनै भूगोल अब कसैको गढ वा किल्ला रहेन ।

    कम्युनिष्टहरू कि उत्तर कोरियाको स्वरुपमा आउनु प¥यो । होइन भने कसरी कम्युनिष्ट, लोकतन्त्र मान्छौ , संसदीय ब्यवस्था मान्छौ भनिसके पछि कम्युनिष्ट हुनुको अर्थ रहेन ,त्यसैले बिचारको राजनीतिमा नेपालका कम्युनिष्टहरू धेरै पछि छन् । अढाई वर्ष विराटनगर स्थित यति मल्टिपल कलेजको क्याम्पस प्रमुख भएर प्राध्यापन गरेका ३९ वर्षीय राई हाल मोरङ कांग्रेसको पूर्णकालीन कार्यकर्ता जस्तै भएका छन् ।

    भन्छन–‘जागीर छोडेर राजनीतिमा आएको छु । पैसा कमाउनु थियो भने प्राध्यापन छदैथियो नि ।आर्थिक क्रान्ति नभए सम्म समाज रुपान्तरण असम्भव भएको बताउने राई सधैं गरिवीका नाममा नेपालका कम्युनिष्ट पार्टीले राजनीति गर्दा आर्थिक वृद्धिदर दोहोरो अंकले बढ्न नसकेको जीकिर गर्छन । भन्छन‘हिजो एमालेलाई ‘न भाले न पोथी नेकपा एमाले ’ भन्ने बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने रे ।

    उनी मात्र होइन आफूलाई मधेशको सर्वमान्य नेता मान्ने ह्यदयेश त्रिपाठी सूर्य चिन्हबाट चुनाव लड्ने रे । चुनाव जितेर सत्ता प्राप्ति भन्दा अरु केही नेपालका कम्युनिष्टले देखेनन ।’कम्युनिष्ट पार्टीले जहिल्यै जनतालाई ‘ब्ल्याक मेलिङ’गरेको राईको भनाई छ । उनले शिक्षा,सञ्चार सडक र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउन सके गरिवीको अन्त्य हुने बताउँदै अबको मिशन चार ‘स’मा केन्द्रित हुने बताए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…