• २१ अशोज उर्लाबारी÷

    गत स्थानीय तहको चुनावमा उर्लाबारी नगरपालिकामा खुलेआम अन्तरघात गरेर पार्टीलाई हराउन लागि परेका आरोप खेपिरहेका एमाले मोरङ जिल्ला सदस्य पुष्प ढकाल प्रदेश सांसदका लागि आकंक्षी हुदाँहुदै पनि उनको नाम सिफारिश हुन सकेन ।
    पार्टी जिल्ला अध्यक्ष विनोद ढकालको ‘पकेटको मान्छे हुँ’ भन्दै गुटको राजनीति गर्न माहिर ढकाल उम्मेदवार सिफारिशमा नपरेपछि स्थानीय कार्यकर्ताहरुले खुशी व्यक्त गरेका छन् ।

    निर्वाचन परिचालन कमिटीको अगुवाई गर्दै संसद र स्थानीय तह गरी तीन पटक एमाले हराउन भुमिका खेलेको भन्दै उनको कार्यकर्ताले व्यापक आलोचना गर्दै आएका छन् । उनले उर्लाबारी नगरपालिकाका एमाले उम्मेदवारलाई ‘खबरदार,राति सेना परिचालन हुन्छ भोट माग्ने काम नगर’भन्दै तर्साएको र आफूले चुनाव हार्नुपर्ने कारक पनि ढकाल नै भएको एमाले उर्लाबारी वडा नम्बर ७का वडाध्यक्ष उम्मेदवार कृष्ण प्रधानले बताए । उनी पार्टी हारको समिक्षा बैठकमा समेत सहभागि नभएको प्रधानको भनाइ छ ।

    २०७० सालको संविधानसभाको चुनावमा ऊ बेला माधव नेपाल गुटमा रहेका मोरंग ९का उम्मेदवार घनश्याम खतिवडालाई ओली गुटमा समाहित गराउदा ढकालले ५ लाख रुपैँया रकम अपलचन गरेको भन्दै एमाले क्षेत्रीय अधिवेशनमा कार्यकर्ताले खैलाबैला मच्चाएका थिए ।
    एमालेको गुठी संस्थाको रुपमा चिनिने मदनभण्डारी स्मृति प्रतिष्ठान अन्तगर्त कृषि तथा भेटेनरी क्याम्पसमा हालीमुहाली मच्चाएको भन्दै उनको व्यापक आलोचना हुने गरेको छ । कतिसम्म भने प्रयोगात्मक कार्यका लागि रु १५ हजारमा खरिद गरिएको बिऊ बोकाको रु ४१ हजार बिल भर्पाई बनाई रकम भ्mवाम पारेर उनले ऊ बेलै बद्नामी कमाएका थिए ।

    पदका लागि मरिहत्ते गर्ने ढकालले एमालेको बाहुल्यता रहेको उर्लाबारीको अग्रणी सहकारी हाम्रो बचत तथा ऋण सहकारी संस्थामा सहसचिव पदमा थन्एिकपछि पनि आफू निकटका मान्छे नपरेको भन्दै सपथ ग्रहण र बैठकमा समेत सहभागि भएका छैनन् ।

    यस्तै,उर्लाबारीका प्रभावशाली एमाले नेता मानबहादुर श्रेष्ठले प्रदेशको टिकट पाएको खण्डमा जग्गा बेचेरै लाखौँ खर्च गरी हराउने भन्दै उनले सार्वजनिक रुपमा अभिव्यक्ति दिदै आएका छन् । यद्यपि उनलाई पार्टीको कुनै कमिटीले स्पष्टिकरण सोध्ने समेत आँट गरेको छैन ।

    गत स्थानीय तहको चुनावमा उनी मेयरको टिकटका लागि एमाले अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोट समेत पुगेका थिए । सो बेला अध्यक्ष ओलीले ‘तपाईँ गलत ठाँउमा आउनुभयो,भीम अचार्यलाई भेटेर कुरा गर्नुहोला’भन्दै झपारेको विश्वस्त स्रोतले जनाएको छ ।

     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…