• काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठक साँझ साढे ६ बजेतिर सम्पन्न भएको हो । बैठकले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको जनाईएको छ । साथैं आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवार चयन गर्ने मापदण्डको विषयमा छलफल भएको थियो ।

    बैठकले यस अघि समानुपातिक निर्वाचन प्रणालीका तर्फबाट सांसद् बनेकालाई अब टिकट नदिने मापदण्ड तय गरेको छ । साथै पहिले विविध कारणले चुनाव हारेकालाई पनि फेरि टिकट नदिने विषयमा सहमती जुटेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

    केन्द्रीय कार्यसमितिको निर्णयः
    १. संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ नेपाली कांग्रेस र नेकपा मोओवादी केन्द्र लगायतका राजनीतिक दलहरुवीचको सहकार्यलाई अगाडि वढाइएको थियो । संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा मधेशकेन्द्रीत दल लगायतका सवै राजनीतिक दलहरुको उत्साहपूर्ण सहभागिता सम्भव भयो । यसरी नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति समेत तोकि त्यसलाई आवश्यक पर्ने महत्वपूर्ण कानुनी व्यवस्था सुनिश्चित भै सकेको अवस्थामा हठात नेकपा माओवादी केन्द्रको एमालेसँग चुनावीतालमेल गर्ने निर्णयलाई हामीले अस्वभाविक रुपमा लिएका छौं । साथै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दलहरुवीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको यो वैठक ठहर गर्दछ ।

    संविधान कार्यान्वयन, राष्ट्रिय एकता र विभिन्न जाति तथा समुदाय वीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको छ ।

    २. लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजनागर्दै आम जनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तीलाई दृढताका साथ नेपाली कांग्रेसले सामना गर्नेछ र यी प्रवृत्तीलाई हामी पराजीत गर्ने छौं ।
    शान्ति प्रकृयाबाट विकसित भएको नेपालको राजनीति सहमति, सहकार्य र मेलमिलापको कार्यदिशावाट संविधानको कार्यान्वयनसम्म आइपुगेको तथ्य सर्वविदितै छ । यहि बाटोवाट नै देशमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक संमृद्धि हुनसक्छ भन्ने हाम्रो दृढ विश्वास छ । विकसित परिस्थितिवाट नेपाली कांग्रेस विचलित नभै राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रकृया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिवद्ध रहेको स्पष्ट पार्न चाहन्छौ । यस बाटोमा समान सोच राख्ने सवैसँग सहकार्य गर्न नेपाली कांग्रेस सदैव तत्पर छ ।

    नेपाली कांग्रेस केन्द्रीय समिति नेपाली कांग्रेसका कार्यकर्ताहरु, शुभचिन्तक र समर्थकहरु, भातृ तथा शुभेच्छुक संस्थाहरुसवैलाई राष्ट्रियता, लोकतान्त्रिक मूल्य र मान्यतामाथी हुन थालेको आक्रमणलाई दृढताकासाथ सामना गर्दै एकतावद्ध भएर उच्च मनोवल र सकृयताका साथ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउन आव्हान गर्दछ ।

    ३. अनपेक्षित र अस्वभाविक घटनाक्रमबाट विकसित परिस्थितिमा, मुलकमा प्राप्त उपलव्धीको संरक्षण र सम्वद्र्धन गर्न तथा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक सम्वृद्धिको मार्गमा मुलुकलाई अगाडि वढाउने राष्ट्रिय दायित्व र जिम्मेवारी पुनः नेपाली कांग्रेसको काँधमा आइपरेको छ । यसर्थ, उपरोक्त दायित्व र जिम्मेवारी पुरा गर्न देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिहरुका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकता अनुसार चुनावी तालमेल गरी अगाडि वढ्ने निर्णय गर्दछ ।

    ४. उम्मेदवारीका सम्वन्धमा
    (क) साविक संविधान सभा हाल व्यवस्थापिका संसदको समानुपातिक निर्वाचन प्रणालीबाट सभाषद्÷सांसद वनेका व्यक्तिहरुलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमाअपबाद वाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नवनाउने निर्णय गर्दछ।

    (ख) स्थानीय तहको निर्वाचनमा महानगर÷उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार वनेका व्यक्तिहरुलाई प्रदेश सभा तथा प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय गर्दछ ।

    (ग) २०७० को आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुलाई प्रदेश सभा र प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय गर्दछ ।

    (घ) पुनसंरचित ठूलो भूगोल सहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २०७४ आश्विन २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने निर्णय गर्दछ ।

    (ङ) प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न बरिष्ठ नेता लगायत साथीहरुसँग आवश्यक परामर्श गरि संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गर्दछ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…