कविता
पाखा भिर र पहराहरुबाट
गाउँ ,बेसि र लेकहरुबाट
आँसु,पसिना र सुस्केराहरुले
छातिभित्र संगालेका क्रान्तिका सरगमहरु
मुटुभित्र साचेँका विद्रोहका गीतहरु
जिवनभर सजाएका मुक्तिका मुर्छनाहरु
मैले गाए पनि नगाए पनि
गाइएका छन् र गाइने छन् ।
मैले लेखे पनि नलेखेपनी
बन्दुकका चुच्चाले रातो रगतमा चोपेर
रम्तेलहरु देशको माटोमा तातो कविता
लेखिरहेछन्।
काखमा कलिलो घाम जस्तो
पाखामा रापिलो बिहानी जस्तो
घनघोर सुनसान अँध्यारो रातलाई चिर्दै
टल्केर पलाइरहेका नवीन पालुवाहरुमा टेक्दै
मैले बोलाएपनी नबोलाएपनी झरिला यामहरु आइरहेछन।
मैले देखेपनी नदेखेपनी
चट्टान झै गर्विला राता आखाँले
उत्सर्गको उँचाइवाट
बेथानहरु सगरमाथा देखिरहेछन्।।
कमला भट्टराई