• बोक्सी भनी कुटे मलाई
    मेरो पीडा बुझ्यो कस्ले?
    कुट्दा कुट्दै बेहोस बनाइ
    दिशा पिसाब कोच्याए मलाई
    मेरो पीडा बुझ्यो कस्ले?

    कहिले छोरा पाइनस भनी
    कहिले दाइजो ल्याइनस भनी
    आगो लगाइ जीउँदै जलाए
    मेरो पीडा बुझ्यो कस्ले?

    छोरी भनी थाहा पाउँदा
    भ्रुण हत्या गर्छौ
    जन्मिहाले भने पनि बृद्दा बालक
    नभनी बलात्कार गर्छौ
    धर्म संस्कार नाम गरि
    गोठमा सुताइ दिन्छौ
    जीवजन्तुले डसिमार्दा
    मेरो पीडा बुझ्यो कस्ले?

    विरोध गर्दै बोलिस भने
    बाहिर कुरा खोलिस भने
    जिउदै गाड्छु भन्छन मलाई
    मेरो पीडा बुझ्यो कस्ले?

    न्याय खोज्दै अदालतमा
    नधाएको पनि होइन
    हुन्छ भनी घुस खोज्दा
    मेरो पिडा बुझ्यो कस्ले?
    मेरो पीडा बुझ्यो कस्ले?

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …