• शिक्षक
    ऊ शिक्षक हो,
    चेतनाको मूल बोकेको छ
    छातिभरी देश सिंगार्ने फूल बोकेको छ।
    केश फुलेर झरिसक्दा पनि
    अनुहार चाउरी पर्दा पनि
    सिंगै रास्ट्र उठाउने बिश्वास बोकेर कुर्लन्छ।
    रगत रास्ट्रलाई भेटी चढाएको गर्वमा
    छातिभरी स्वाभिमान उर्लन्छ।
    महान ग्रन्थ हो ऊ
    जसका हरेक शब्दमा सत्यता छ।
    झुटो बोल्दैन
    बोल्दा लाखौंको हत्या हुन्छ।
    शान्तिको अग्रदुत
    सद्ज्ञानको ज्योतिपुन्ज हो ।
    शास्वत सत्यको उपासक
    मस्तिष्कको सुन्दर वसन्त हो
    बिकृती विसङ्गतिको बम
    चेतनाको प्रतिपादक हो।
    अज्ञानलाई पर पारी ज्ञानको भंडार छरिदिदा
    आफू सुकेको छ।
    सम्मान र प्रतिस्ठाको कुरामा
    अति नै चित्त दुखेको छ।
    अक्षरहरु छरपस्ट छरेर
    आँखा धमिलिएको छ
    घर खर्च मज्जाले चल्दैन
    मन अमिलो भएको छ।
    ऊ शिक्षक
    आफू निरीह बाँचेर पनि
    ज्ञानको सच्चा स्रोत हो
    शिक्षक देशको लागि मरिमेट्ने
    एउटा महान सपूत हो।

    कमला भट्टराई

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …