गजल
दुई चार प्याला मदिरा पिएँ भने के हुन्छ?
बिर्सनेलाई मैले सम्झिए भने के हुन्छ?
औकात देखाउदै पराई बन्नु भयो।
उहाँ जसरी नै म बद्लिए भने के हुन्छ?
एकपल्ट हैन हजारपल्ट दिल टुटिसक्यो।
अब फेरि मायामा अल्झिए भने के हुन्छ?
मायालुले दिल तोडेको थुप्रै छन् उदाहरण ।
दुस्मनलाई मेरो दिल दिए भने के हुन्छ?
संसार परिवर्तन गर्न खोज्ने म देबिका।
यस्तै यस्तै कुरामा अल्झिए भने के हुन्छ?
